
पूर्व मेदिनीपुर, 22 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउलाई मध्यनजर गर्दै प्रशासनले पूर्व मेदिनीपुर जिल्लामा सुरक्षाको कड़ा बन्दोबस्त गरेको छ। जिल्ला प्रशासनको निर्देशमा जिल्लाभरि नै गए मङ्गलवार साँझ 6 बजेदेखि मतदान समाप्त नहुञ्जेलसम्म धारा 163 (पूर्वमा धारा 144) लागू गरिएको छ।
जिल्लाधिकारी निरञ्जन कुमारको आदेश अनुसार यस अवधि पाँच वा योभन्दा अधिक मानिसहरू भेला भएर बस्नेमाथि प्रतिबन्ध रहनेछ। नियमहरूको उल्लङ्घन गरेको खण्डमा जेल वा जरीमानाको कारबाही हुनसक्छ। साथै जिल्लाका मतदान नरहेका मानिसहरूलाई तुरून्तै जिल्ला छोड़्ने निर्देश जारी गरिएको छ।
प्रशासनले बतायो, 23 अप्रेलमा हन गइरहेको पहिलो चरणको मतदानलाई शान्तिपूर्ण तथा निष्पक्ष बनाउनको लाकि यो कदम उठाइएको हो। जिल्लाका संवेदनशील क्षेत्रहरूलाई ध्यानमा राखेर केन्द्रिय बलले लगातार गस्ती गरिरहेको छ। ओडिशा सीमामा पनि कड़ा निगारनी राखिँदैछ। गए मङ्गलवार अबेर साँझदेखि ओडिशाबाट जिल्लामा प्रवेश गर्ने हरेक वाहनको कड़ाई पूर्वक जाँच गरिँदैछ। आवश्यक सेवा तथा बिमार मानिसहरूलाई नै सीमा पार गर्ने अनुमति दिइँदैछ।
चुनाउले पर्यटन स्थलहरूलाई पनि प्रभावित पारेको छ। प्रशासनको निर्देशमा दिघा, ताजपुर, मन्दारमणि औ शङ्करपुरका होटलहरूमा बाहिरका पर्यटकहरूको लागि बुकिङ्गलाई अस्थायी रूपमा बन्द गरिएको छ। 23 अप्रेलसम्म कुनै पनि बाहिरका मानिसहरूलाई यी होटलहरूमा बस्ने अनुमति दिइनेछैन। पहिलाबाटै होटलमा बसिरहेका मानिसहरूलाई पनि होटल खाली गर्न भनिएको छ।
होटल मालिकहरूको भनाइ छ, पहिलाको चुनाउमा बाहिरका मानिसहरूको प्रवेशमाथि 48 घण्टाको रोक लगाइएको थियो भने यसपालि यसलाई बढ़ाएर 72 घण्टा बनाइएको छ। यसबाट पर्यटक उद्योगसित जोड़िएका स-साना व्यापारीहरूलाई नोक्सान भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा