“श्यामकानूले जुबिनको हत्या गरेको होइन”: अनिता महन्त
“श्यामकानूले जुबिनको हत्या गरेको होइन”: अनिता महन्त


गुवाहाटी, 22 अप्रेल (हि.स.)। चर्चित जुबिन गर्ग हत्या मामिलाका मुख्य आरोपी श्यामकानू महन्तकी पत्नी अनिता महन्तले पहिलो पटक खुलेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले स्पष्ट रूपमा भनिन्, श्यामकानू महन्तले जुबिनको हत्या गरेको होइन। उनलाई यस मामिलामा अकारण फसाइरहेको छ।

विशेष न्यायाधीशको अदालत बाहिर मीडियासित बातचित गर्दै अनिता महन्तले भनिन्, “श्यामकानू महन्तले जुबिनको हत्या गरेको होइन। जुबिनलाई नर्थ ईस्ट इण्डिया फेस्टिभलमा असमिया संस्कृतिलाई वैश्विक मञ्चमा प्रतिष्ठित गर्नको लागि लैजानु नै उनको गल्ती थियो र? जुबिन यस्ता व्यक्ति थिएनन् जोबाट उनको इच्छा विपरीत केही गराउन सकियोस्।”

उनले अझ भनिन्, “जुबिन गर्गलाई सिङ्गापुरको एक विशाल होटलमा राखिएको थियो जहाँदेखि मात्र 50 मीटर टाड़ामा विश्वस्तरीय अस्पताल छ। उनलाई जुबिन याट पार्टीमा गएको कुरा थाहा थिएन। यो कार्यक्रममा सामेल थिएन। याट पार्टी भइरहेको समय श्यामकानू महन्त लगभग 50 किलोमीटर टाड़ा अर्को कार्यक्रममा थिए।”

अनिता महन्तले यो पनि भनिन्, “एकजना निर्दोष व्यक्तिलाई यतिको लामो समयसम्म जेलमा राख्नु न्यायसङ्गत होइन, यसबाट जुबिनको आत्मा पनि आहत भइरहेको होला। ”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande