असमका विभिन्न भागहरूमा तूफानको कहर, ग्वालपाड़ा जिल्लामा बिजुली आपूर्ति ठप्प
असमका विभिन्न भागहरूमा तूफानको कहर, ग्वालपाड़ा जिल्लामा बिजुली आपूर्ति ठप्प


गुवाहाटी, 22 अप्रेल (हि.स.)। असमका विभिन्न भागहरूमा गए मंगलवार आएको भयानक तूफानले व्यापक क्षति पुऱ्यायो जसबाट जनजीवन पूर्ण रूपमा प्रभावित भयो।

तीव्र हावासितै आएको मुसलधारे पानीले गर्दा कतिपय स्थानहरूमा रूखहरू ढलेर सड़क अनि आवासीय क्षेत्रहरूमा फैलियो। विशेष गरी ग्वालपाड़ा तथा धुबड़ी जिल्लामा तूफानले ठूलो क्षति पुऱ्याएको छ। ग्वालपाड़ा जिल्लाका प्रभावित क्षेत्रहरूमा बिजुली आपूर्ति पूर्ण रूपले ठप्प भएको कारणले रातभरि अँध्यारोमै बित्यो।

जिल्लाको वेलाखामार, मानिकपुर, टेंगाबाड़ी, बल्ला तथा भोजमाला जस्ता क्षेत्रहरू हुन्डरीको कारणले सबैभन्दा अधिक प्रभावित भए जहाँ ठूलो नोक्सान भएको समाचार प्राप्त भएको छ। प्रशासनद्वारा अहिलेसम्म पनि क्षय-क्षतिको पूर्ण मूल्यांकन गरिएको छैन। बिजुली बहाल गर्न तथा सड़कहरूमा फैैलिएका अवशेषहरूलाई हटाउने कार्य जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande