ड्रग्स समेत दुई पक्राउ
ड्रग्स समेत दुई पक्राउ


गुवाहाटी, 22 अप्रेल (हि.स.)। गुवाहाटीको नूनमाटी पुलिसले दुई जना लागूऔषध तस्करलाई पक्राउ गरेको छ। पुलिसले बुधवार सूचनाको आधारमा गरिएको अभियानका क्रममा लागूऔषध ओसारपसारमा संलग्न दुई जना तस्करलाई थाना क्षेत्रबाट पक्राउ गरिएको बताएको छ।

नूनमाटी पुलिसले बुधवार जनाएको छ कि पक्रा परेका तस्करहरूको पहिचान अभिषेक घोष र मिंकू मणि डेका उर्फ मईनाको रूपमा गरिएको छ। पक्रा परेका दुई तस्करमध्ये मिंकू मणि डेका एक अवकाशप्राप्त पुलिस अधिकारीका छोरा भएको बताइएको छ।

कारबाहीको क्रममा पुलिसले पक्रा परेका दुई जना अभियुक्तदेखि 21.57 ग्राम हेरोइन, नगदी र धेरै खाली प्लास्टिक कन्टेनर जफत गरेको छ। पुलिसले एनडीपीएस एक्ट अन्तर्गत एफआईआर दर्ता गरेको छ र पक्रा परेका दुई तस्करहरूसँग गहन सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande