लखनऊमा अधबैसेले लाइसेन्सी बन्दूकले गरे आत्महत्या
लखनऊमा अधबैसेले लाइसेन्सी बन्दूकले गरे आत्महत्या


लखनऊ, 22 अप्रेल (हि.स.)। बुधवार उत्तर प्रदेशको लखनऊको पारा थाना क्षेत्रमा एक व्यक्तिले आफ्नो लाइसेन्स प्राप्त बन्दुकले आफैलाई गोली हानेर आत्महत्या गरे। जानकारी पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिएर अनुसन्धान शुरु गरेको छ।

थाना प्रभारी सुरेश सिंहले बताए, कासगंज जिल्लाका 55 वर्षीय कप्तान सिंह सरदार हाल लखनऊको पाराको भपटामऊ क्षेत्रमा बसोबास गर्छन् र सुनको कीलको व्यापार गर्थे। उनका दुई छोरा र बुहारीहरू छन् भने परिवारका केही अन्य सदस्यहरू कासगंजमा बस्छन्। परिवारका सदस्यहरू अनुसार, बुधवार बिहान 11.30 बजी कप्तान सिंहले आफ्नो लाइसेन्सी बन्दुकले आफैलाई गोली हानेका थिए, जसबाट उनको घटनास्थलमै मृत्यु भयो।

थाना प्रभारी अनुसार, पहिलो नजरमा घटनाको कारण पारिवारिक विवाद देखिन्छ। शव पोस्टमार्टमको लागि पठाइएको छ र विस्तृत अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande