
दरंग (असम), 22 अप्रेल (हि.स.)। जिल्लाको सिपाझारस्थित पूब चमतियापारा क्षेत्रमा पारम्परिक धरोहर एवं धार्मिक परम्पराहरूलाई संरक्षणलाई दर्शाउँदै अनोठो गढ़भङ्गा उत्सव आयोजना गरियो।
ढोपोरतल शिव मन्दिर प्राङ्गणमा आयोजित उक्त उत्सवमा वरपरका क्षेत्रहरूबाट ठूलो संख्यामा आएका श्रद्धालु अनि दर्शकहरू सामेल भए। सांस्कृतिक तथा धार्मिक महत्व बोकेको यस आयोजनले क्षेत्रको जरासित गहिरो रूपमा जोड़िएका परम्पराहरूलाई जीवन्त रूपमा प्रस्तुत गऱ्यो।
उत्सवको मुख्य आकर्षण बाँसद्वारा निर्मित गढ़भङ्गा संरचना रह्यो जसलाई स्थानीय युवाहरूको सक्रिय सहभागितामा बनाइएको थियो। यस आकर्षक तथा पारम्परिक निर्माणले मानिसहरूलाई धेरै प्रभावित पार्नको साथै सामुदायिक एकता र कौशलको परिचय पनि दियो।
युवाशक्तिबाट समृद्ध यस उत्सवमा मानिसहरूको व्यापक भीड़ उर्लिएको थियो जसले यस अनौठो दृश्यको आनन्द लिँदै धार्मिक अनि सांस्कृतिक गतिविधिहरूमा पनि भाग लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा