
सिलगढ़ी, 22 अप्रेल (हि.स.)। बसहरूको अभावले गर्दा सिलगढ़ी जंक्शन बस स्ट्याण्डको स्थिति तनाउपूर्ण भयो। यात्रीहरूले घण्टौंसम्म भीड़मा उभिएर पनि बस पाउन सकेनन्, जसले गर्दा आक्रोशित यात्रीहरूले टिकट काउन्टरमा तोड़फोड़ गरे।
जानकारी अनुसार, बुधवार बिहानदेखिकै सिलगढ़ी जंक्शन बस स्ट्याण्डमा व्यापक भीड़ देखियो। 23 अप्रेलमा हुन गइरहेको चुनाउलाई ध्यानमा राखेर ठूलो संख्यामा मानिसहरू आफ्नो घरमा जान चाहन्थे, तर बसहरूको पर्याप्त अनुपलब्धताको कारणले स्थिति तनाउपूर्ण भयो। केही यात्रीहरूले घण्टौंसम्म प्रतीक्षा गरे पनि बस पाउन सकेनन् जसले गर्दा उनीहरू आक्रोशित भए।
आरोप छ, केही आक्रोशित यात्रीहरूले कार्यालयभित्रै पसेर टिकट काउन्टरमा तोड़फोड़ गरे अनि कम्प्यूटर सहित केही उपकरणहरूलाई नोक्सान पुऱ्याए। घटनापछि बस स्ट्याण्ड परिसरमा खैलाबैला मचिनकि साथै स्थिति तनाउपूर्ण भयो।
यस मामिलामा उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी)- का प्रभारी समीर सरकारले भने, चुनाउ आयोगको निर्देशमा केही बसहरूलाई अन्य कार्यमा खटाइएको छ जसले गर्दा नियमित सेवा प्रभावित भयो। त्यसैले अतिरिक्त बसहरूको सञ्चालन सम्भव हुन सकेन फलस्वरूप यात्रीहरूलाई प्रतिक्षा गर्नुपऱ्यो।
समीर सरकारले बताए, लामो समयसम्म प्रतिक्षा गर्नु परेको कारणले यात्रीहरूमा असन्तोष बढ़्यो जसकारण केही मानिसहरूले काउन्टरमा पसेर तोड़फोड़ गरे।
घटनापछि बस स्ट्याण्डको सेवा केही समयको लागि बाधित भयो। स्थितिलाई नियन्त्रण गर्नको लागि सिलगढ़ी प्रधान नगर थानाको पुलिस र केन्द्रिय बल घटनास्थलमा पुग्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा