
कोलकाता, 22 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको पहिलो चरणको मतदानपूर्व निर्वाचन आयोगले ती मतदाताहरूको केन्द्रगत सूची बुधवार जारी गऱ्यो, जसको मामिला न्यायाधिकरणहरूद्वारा सुल्झाइएको छ। सो जानकारी एकजना वरिष्ठ अधिकारीले गराएका हुन्।
निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा दुई भिन्न सूची प्रकाशित गरेको छ। पहिलो सूचीमा ती मतदाताहरूको नाम अंकित छ जसलाई न्यायाधिकरणको आदेश पश्चात मतदाता सूचीमा जोड़िएको छ। दोस्रो सूची ती मानिसहरूको रहेको छ जसको नाम अहिले पनि मतदाता सूचीमा जोड़िएको छैन। तथापि जोड़िएका र हटाइएका नामहरूको मोठ संख्या अहिले सार्वजनिक गरिएको छैन।
अधिकारीले बताए, सम्पूर्ण आँकड़ा आज साँझसम्ममा उपलब्ध हुने सम्भावना छ। मतदाताहरूले आफ्नो विधानसभा सीट र मतदान केन्द्रको संख्याको आधारमा सूचीलाई हेर्न सक्नेछन्।
न्यायाधिकरणले फसेला नगरेका केन्द्रहरूबाट कसैको नाम उल्लेख गरिएको छैन। मतदाता सूचीबाट नाम हटाइएपछि न्यायाधिकरणको ढोका ढक्ढकाउने मानिसहरूले पनि आफ्नो पहिचान संख्याको माध्यमबाट सूचीलाई हेर्न सक्नेछन्।
नयाँ सूचीमा नाम सामेल हुने मतदाताहरूले बिहीवार हुने पहिलो चरणको मतदानमा आफ्नो मताधिकारको प्रयोग गर्न सक्नेछन्। यी मतदाताहरूको नाम विशेष गहन पुनरीक्षण अवधि हटाइएको थियो जसपश्चात उनीहरूलाई उच्चतम न्यायालयद्वारा गठित नामित न्यायाधिकरणहरूमा जाने विकल्प दिइएको थियो।
संविधानको अनुच्छेद 142 अन्तर्गत विशेष अधिकारहरूलाई उपयोग गर्दै उच्चतम न्यायालयले आदेश दिएको थियो, मतदान हुन दुई दिनअघिसम्म न्यायाधिकरणद्वारा पात्र घोषित मतदाताहरूलाई मतदान गर्ने अनुमति दिइनेछ। यसै आदेश अनुरूप आयोगलाई 21 अप्रेलसम्ममा सूची जारी गर्न भनिएको थियो। पहिलो चरणमा 152 वटा सीटमा मतदान भइरहेको छ।
अधिकारीहरू अनुसार नयाँ जोड़िएका मतदाताहरूलाई सामेल गर्दै एक समेकित मतदाता सूची साँझ जारी गरिनेछ र यसैको उपयोग पहिलो चरणको मतदानमा हुनेछ।
दोस्रो चरणको मतदान आगामी 29 अप्रेलको दिन 142 वटा विधानसभा सीटहरूमा हुनेछ भने त्यसअघि 27 अप्रेलमा पात्र मतदाताहरूको थप अर्को सूची जारी गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा