भीषण गर्मीबीच हुनेछ भोटिङ्ग, केही जिल्लाहरूमा गर्मी तथा आद्रतापूर्ण मौसम
भीषण गर्मीबीच हुनेछ भोटिङ्ग, केही जिल्लाहरूमा गर्मी तथा आद्रतापूर्ण मौसम


कोलकाता, 22 अप्रेल (हि.स.)। पश्चिम बङ्गालमा पहिलो चरणको मतदान हुनअघि मौसमलाई लिएर ठूलो चिन्ता सामु आएको छ। मौसम विभागले बिहीवार ती जिल्लाहरूमा भयानक गर्मी हुने चेताउनी दिएको छ जहाँ मतदान हुनुछ।

रिपोर्ट अनुसार दक्षिण बङ्गालका केही जिल्लाहरूमा गर्मी तथा आद्रतापूर्ण मौसम कायम रहनेछ ज सबाट मतदाताहरूलाई विभिन्न समस्याको सामना गर्नुपर्नेछ। कतिपय स्थानहरूको तापमान धेरै नै बढ़ी रहने सम्भावना छ।

मौसम विभाग मुताविक पुरुलिया, बाँकुड़ा, पश्चिम बर्दवान, झाड़ग्राम, पश्चिम मेदिनीपुर औ बीरभूम जस्ता जिल्लाहरूमा तातो तथा बाफिने मौसम रहनसक्छ। तथापि कतिपय स्थानमा हल्का वा मेघ गर्जनसितै वर्षा हुनसक्छ। तर गर्मीबाट राहत पाउने सम्भावना छैन।

अर्कोतिर उत्तर बंगालका कतिपय जिल्लाहरूमा तूफानी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ जसबाट त्यहाँको मौसममा केही राहत पाउन सकिन्छ।

मौसम विभागले मानिसहरूलाई सल्लाह दिएको छ, अपरान्ह विशेष गरी 11 बजेदेखि 4 बजेबीच चर्को घाममा नबसौं, हल्का र खकुलो कपड़ा लगाऔं अनि शरीरलाई हाइड्रेट राखौं।

स्मरण गराइन्छ, पहिलो चरणको मतदान 23 अप्रेलमा भइरहेको छ र यसै दिन केही जिल्लाहरूमा चर्को घाममा मतदाताहरूलाई मतदान केन्द्रसम्म पुग्नुपर्नेछ। यस्तो अवस्थामा प्रशासनको निम्ति चुनाउसँगसँगै मौसम पनि चुनौती भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande