असममा सात करोड़को हेरोइन जफत, चार महिला समेत पाँच पक्राउ
असममा सात करोड़को हेरोइन जफत, चार महिला समेत पाँच पक्राउ


गुवाहाटी, 25 अप्रेल (हि.स.)। गुप्तचर सूचनाको आधारमा असमको कामरूप जिल्लाको अमिनगाउँमा पुलिसले चार महिला सहित पाँच जना लागूऔषध तस्करलाई लगभग 7 करोड़ रुपियाँ बराबरको लागूऔषध सहित पक्राउ गरेको छ। पुलिसले पाँच जना तस्करहरूसँग व्यापक सोधपुछ गरिरहेको छ।

असम पुलिस मुख्यालयका सीपीआरओले शनिवार बताए, गुप्तचर सूचनाको आधारमा पुलिसले लागूऔषध तस्करीमा संलग्न मणिपुरको चुराचन्दपुर निवासी देमथाङ हाओकिप (36) लाई अमिनगाउँबाट अन्य चार महिला तस्करहरूसँगै पक्राउ गऱ्यो। ती चार महिला लागूऔषध डेलिभरी गर्न अमिनगाउँ आएका थिए, जहाँबाट त्यसलाई तल्लो असमका विभिन्न जिल्लाहरूमा पठाउनुपर्ने थियो।

महिला लागूऔषध तस्करहरूको कब्जादेखि हेरोइनले भरिएका 62 प्लास्टिकका साबुनदानी जफत गरिएका छन्। हेरोइनको ओजन 837 ग्राम थियो। लागूऔषधको अनुमानित बजार मूल्य 7 करोड़ रुपियाँ अनुमान गरिएको छ।

पक्रा पर्नेहरूमा लाम नेकिम (25, चुराचन्दपुर, मणिपुर), होइनिगाह (24, चुराचन्दपुर, मणिपुर), किम नेथेन (36, चुराचन्दपुर, मणिपुर) र नागह पी (30, चुराचन्दपुर, मणिपुर) रहेका छन्। पुलिसले एफआईआर दर्ता गरी थप अनुसन्धान जारी राखेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande