
सिलगढ़ी, 25 अप्रेल (हि.स.)। सिलगढ़ी महकुमाको फाँसीदेवाबाट एक पीड़ादायी सड़क दुर्घटना भएको समाचार प्राप्त भएको छ। फाँसीदेवा क्षेत्रको लेउसीपाकुड़ी हातीराम जोतमा गए शुक्रवार अबेर राति भएको यस दुर्घटनामा एक जना व्यक्तिको मृत्यु भयो भने अन्य दुई जना मानिसहरू गम्भीर रूपमा घाइते भए। मृतकको नाम समानन्द राय (55) रहेको बताइएको छ।
जानकारी मुताविक उक्त व्यक्ति लेउसीपाकुड़ी बजारबाट साइकलमा सवार भएर घर फर्किरहेका थिए। यसै क्रममा पछाड़िबाट आएको एउटा द्रूत गतिको बाइकले उनलाई ठक्कर दियो। यस भयानक ठक्करले साइकल सवार सड़कमा लड़ेर गम्भीर रूपमा घाइते भए भने बाइक सवार दुई जना मानिसहरू पनि घाइते भए।
7
घटनापछि स्थानीय मानिसहरूको सहयोगले तीनै जनालाई तुरून्त फुलबाड़ीको एक निजी अस्पतालमा लगियो जहाँ डाक्टरहरूले साइकल सवारलाई मृत घोषित गरिदिए।
बाइक सवार दुवै घाइतेहरूको उपचार भइरहेको छ जसको अवस्था गम्भीर रहेको बताइएको छ। यस घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा