
बाक्सा (असम), 25 अप्रेल (हि.स.)। बाक्सा जिल्लाको मानिकपुर क्षेत्रमा बज्रपातको चपेटमा परी एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।
पुलिसले शनिवार जानकारी गराए अनुसार मानिकपुर क्षेत्रमा गाई-बाख्रा चराउनका लागि खेतमा गएका अब्दुल अलीमाथि बज्रपात पऱ्यो जसको कारणले तिनको घटनास्थलमै मृत्यु भयो।
घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले मृत व्यक्तिको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। यस घटनाको कारणले क्षेत्रमा शोक छाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा