पश्चिम बङ्गालः निर्वाचन आयोगको ठूलो कारबाही, डायमण्ड हार्बरका पाँच पुलिस अधिकारीलाई निलम्बन गर्ने निर्देश
पश्चिम बङ्गालः निर्वाचन आयोगको ठूलो कारबाही, डायमण्ड हार्बरका पाँच पुलिस अधिकारीलाई निलम्बन गर्ने निर्देश


कोलकाता, 25 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026 बीच भारत निर्वाचन आयोगले ठूलो प्रशासनिक कारबाही गर्दै डायमण्ड हार्बर पुलिस जिल्लाका पाँचजना पुलिस अधिकारीहरूलाई तत्काल प्रभावदेखि निलम्बन गर्ने तथा उनीहरूविरूद्ध विभगीय कारबाही शुरू गर्ने निर्देश दिएको छ।

आयोगले यी अधिकारीहरूमाथि चुनाउ अवधि निष्पक्षतालाई कायम राख्न विफल रहेको तथा गम्भीर कदाचारको आरोप लगाएको छ। यस क्षेत्रबाट मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी सांसद छन्।

निर्वाचन आयोगले पश्चिम बङ्गाल सरकारका मुख्य सचिवलाई पठाएको पत्रमा सो आदेश दिएको छ। आयोगले राज्यका मुख्य निर्वाचन अधिकारीको गत 22 अप्रेलको रिपोर्टमाथि विचार गरेपछि यो निर्णय लिएको हो।

आयोगले जुन अधिकारीहरूविरूद्ध कारबाही गर्ने निर्देश दिएको त्यसमा डायमण्ड हार्बरका अतिरिक्त पुलिस अधीक्षक सन्दीप गराई, एसडीपीओ सजल मण्डल, डायमण्ड हार्बर थाना प्रभारी मौसम चक्रवर्ती, फलता थाना प्रभारी अजय बाग र उस्थी थाना प्रभारी सुभेच्छा बाग सामेल छन्।

निर्वाचन आयोगले भनेको छ, यी अधिकारीहरूलाई तत्काल निलम्बन गरियोस् तथा उनीहरूविरूद्ध अनुशासनात्मक कारबाही शुरू गरियोस्। सन्दीप गराई भारतीय पुलिस सेवाका अधिकारी हुन्, त्यसैले उनको क्याडर नियन्त्रण प्राधिकरणलाई पनि रिपोर्ट पठाउने कुरा गरिएको छ।

यस अतिरिक्त आयोगले डायमण्ड हार्बरकी पुलिस अधीक्षक डा. इशानी पाललाई चेतावनी जारी गर्ने निर्देश दिएको छ। आयोगको भनाइ छ, उनी आफू अधिनस्थ अधिकारीहरूमा अनुशासन र चुनाउ जस्ता संवेदनशील मामिलाहरूमा निष्पक्षता सुनिश्चित गर्नमा विफल भएकी छन्। निर्वाचन आयोगले राज्य सरकारलाई आदेशहरूलाई तत्काल पालन गर्न भनेको छ तथा तत्काल अनुपालन रिपोर्ट पठाउने निर्देश पनि दिएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande