
मेदिनीपुर, 25 अप्रेल (हि.स.)। मेदिनीपुर शहरमा गए शुक्रवार अबेर राती स्ट्र्ङ्ग रूम बाहिर अवैध भेलालाई लिएर अचानक स्थिति तनाउपूर्ण भयो। यस अवधि भारतीय जनता पार्टी र तृणमूल कङ्ग्रेसका समर्थकहरूले एका-अर्कामाथि आरोप-प्रत्यारोप गर्न थाले।
स्थानीय सूत्र अनुसार स्ट्रङ्ग रूम बाहिर दुवै दलका कार्यकर्ता अनि समर्थकहरू ठूलो संख्यामा भेला हुन थाले। को पहिला पुग्यो र कुन कारणले भीड़ एकत्र भयो, यसलाआई लिएर दुई पक्षबीच भनाबैरी शुरू भयो जुन बिस्तारै तनाउमा परिणत भयो। दुवै दलले एका-अर्कामाथि चुनावी नियमहरूको उल्लङ्घन गरेको आरोप लगाए।
स्थिति बिग्रिएको देखेर ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। पुलिसले दुवै पक्षलाई त्यहाँबाट हटाएर क्षेत्रलाई खाली गरायो अनि स्ट्रङ्ग रूम वरिपरी सुरक्षाको पुखता व्यवस्था गऱ्यो।
प्रशासनको पक्षबाट स्पष्ट पारिएको छ, स्ट्रङ्ग रूम क्षेत्रमा कुनै पनि प्रकारको अनधिकृत भीड़लाई सहन गरिनेछैन। सम्पूर्ण मामिलामाथि प्रशासनले नजर राखिरहेको छ साथै आवश्यक कदम पनि उठाइरहेको छ। तथापि यस घटनालाई लिएर क्षेत्रमा तनाउ कायम रह्यो। तथापि हाल स्थिति नियन्त्रणमै रहेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा