
सिलगढ़ी, 25 अप्रेल (हि.स.)। सिलगढ़ीमा तीन तले घरबाट झरेर एक जना महिलाको मृत्यु भयो। मृतकाको पहिचान पपी साहा (55)- को रूपमा भएको छ। यो घटना शहरको 24 नम्बर वार्डस्थित देवाशिष कलोनीमा शनिवार अपरान्ह भएको हो।
परिवार मुताविक घटना घट्दा महिला घरमै थिइन्। यस अतिरिक्त उनको घरमा छोरा-बुहारी र एक जना सानो बालक पनि थिए। अचानक उनी तीन तले घरबाट झरिन्। गम्भीर घाइते अवस्थामा तिनलाई तुरून्तै एम्बुलेन्स मार्फत उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ डाक्ट्रहरूले महिलालाई मृत घोषित गरिदिए। यस घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। सिलगढ़ी थानाको पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा