टाउकोमा हमला गरी युवकको हत्या
टाउकोमा हमला गरी युवकको हत्या


प्रय़ागराज, 25 अप्रेल (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली थाना क्षेत्र स्थित चाट वालीमा शनिवार बिहान एक युवकको टाउकोमा प्रहार गरी हत्या गरियो। सूचना पाएपछि पुलिसले शवलाई आफ्नो कब्जामा लिएर अनुसन्धान शुरु गरेको छ।

पुलिस उपायुक्त (शहर) मनीष कुमार शान्डिल्यले बताए, चाट वाली गली निवासी 20 वर्षीय प्रियांशु जायसवालको शनिवार बिहान टाउकोमा प्रहार गरी हत्या गरियो। सूचना पाएपछि पुलिसले शवलाई आफ्नो कब्जामा लिएर अनुसन्धान शुरु गरेको छ। मृतकका पितालाई हिरासतमा लिइएको छ र हत्याको सम्बन्धमा सोधपुछ भइरहेको छ। सोधपुछको क्रममा मृतककी आमा दुई दिनअघि पारिवारिक विवादपछि आफ्नो मामाघर गएकी थिइन् भन्ने थाहा भयो। परिवारको उजुरीको आधारमा हत्याको मुद्दा दर्ता गरिएको र कानूनी कारबाही भइरहेको पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande