अनियन्त्रिक बाइकमा रूखमा ठोक्किएर दुर्घनाग्रस्त, दुई जनाले गुमाए ज्यान
अनियन्त्रिक बाइकमा रूखमा ठोक्किएर दुर्घनाग्रस्त, दुई जनाले गुमाए ज्यान


पश्चिम मेदिनीपुर, 28 अप्रेल (हि. स.)। जिल्लामा भएको एक बाइक दुर्घटनामा परी दुई जना युवकहरूको मृत्यु भयो। घटना मङ्गलवार साँझ चन्द्रकोणा थानाको राधा नगर क्षेत्रस्थित श्रीनगर–पलाशचापड़ी सड़कमा भएको हो। मृतकद्वयको पहिचान सागर मन्ना (23) र विद्युत चौर (24) को रूपमा भएको छ। दुवैको घर सोनापुर गाउँमा रहेको बताइएको छ।

पुलिस तथा स्थानीय सूत्र अनुसार द्रूत गतिमा आइरहेको एउटा बाइक अचानक अनियन्त्रित भएर सड़क किनारको रूखसित ठोक्कियो जसले गर्दा बाइक सड़क किनारको तलाउमा झऱ्यो। यस भयानक ठक्करको कारणले बाइक सवार दुवै युवक तलाउमा झरे जसले गर्दा दुवै युवक गम्भीर रूपमा घाइते भए।स्थानीय मानिसहरूले उनीहरूलाई चन्द्रकोणा ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले दुवैलाई मृत घोषित गरिदिए।

स्थानीय मानिसहरूको भनाइ छ, बाइकको गति अत्यधिक थियो। दुर्घटनास्थलबाट रक्सीको एउटा बोतल भेटिएको छ। भनिन्छ, बोतल फुटेर एक जना युवकको शरीरमा गाड़िएको थियो जसले गर्दा अत्यधिक रक्तश्राव भयो। स्थानीय मानिसहरूको सूचनामा पुलिस घटनास्थलमा पुग्यो अनि मामिलाको जाँच शुरू गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande