
कोलकाता, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको दोस्रो चरणमा एक भावनात्मक औ राजनीतिक रूपमा महत्वपूर्ण तस्वीर उत्तर 24 परगनाको पानिहाटीबाट आएको छ। आफ्नी छोरीको लागि न्यायको लड़ाईँलाई अगाड़ि बढ़ाउँदै आरजी कर पीड़िताकी आमा रत्ना देवनाथ सक्रिय राजनीतिमा उत्रिएकी छन्। यसपालि उनी भारतीय जनता पार्टीको टिकटमा चुनाउ मैदानमा छन्। बुधवार बिहान मतदान गरेपछि उनले पूर्ण आत्मविश्वासको साथमा भनिन्, “हामी नै जित्नेछौं, यसपालि न्याय अवश्य पाउनेछौं।”
लगभग डेढ़ वर्षअघि आरजी कर मेडिकल कलेज एवं अस्पतालमा एकजना महिला डाक्टरसित दुष्कर्मपछि हत्या भएको घटनाले सम्पूर्ण बङ्गाललाई झक्झकाइदिएको थियो। यस घटनाको विरोधमा लाखौं मानिसहरू सड़कमा उत्रेका थिए भने न्यायको माग देश-विदेशसम्म गु़ञ्जिएको थियो। यस मामिलामा दोषी सञ्जय रायलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको भए पनि पीड़िताका माता-पिता यस फसेलादेखि सन्तुष्ट छैनन्।
न्यायका आशामा उनले प्रधानमन्त्रीसित भेट गर्ने प्रयास समेत गरिन्, तर भेट हुन सकेन। समयसँगसँगै यस मामिलाले राजनीतिक रूप लियो। आफ्नी छोरीको लागि न्यायको लड़ाईँलाई अगाड़ि बढ़ाउने उद्देश्यले रत्ना देवनाथले भाजपाको टिकटमा चुनाउ लड़्ने फसेला गरिन्।
प्रत्याशीको रूपमा नाम घोषित भएदेखि नै रत्ना देवनाथलाई आत्मविश्वासले परिपूर्ण देखिएको छ। उनको मान्यता छ, जनताले न्यायको पक्षमा फसेला गर्नेछन्।
बुधवार बिहान उनले मतदान केन्द्रमा पुगेर आफ्नो मत खसालिन्। यस अवधि उनको साड़ी पनि चर्चाको विषय बन्यो जसको सेतो पृष्ठभूमि र कालो किनारमा लेखिएको थियो-“मेरुदण्ड बिकाऊ छैन।” मतदान गरेपछि उनले भनिन्, “हामी जित्नेछौं, हामीले न्याय पाउनेछौं र जनताले हामीलाई भोट दिनेछन्।”
अभयाका पिताले पनि भावुक हुँदै भनिन्, “छोरीको लागि न्याय पाउनको लागि यस मार्गमा हिँड़्नु अत्यन्त दुःखदायी छ। तर हामीलाई विश्वास छ कि हामी जित्नेछौं।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा