भाङ्गड़ विधानसभा क्षेत्रको रघुनाथपुरमा लट्ठीचार्ज
भाङ्गड़ विधानसभा क्षेत्रको रघुनाथपुरमा लट्ठीचार्ज


दक्षिण 24 परगना, 29 अप्रेल (हि.स.)। जिल्लाको भाङ्गड़ विधानसभा क्षेत्र अन्तर्गत प्राणगञ्जको रघुनाथपुरमा मतदान भइरहेको समय आईएसएफ विधायक औ नेता नौशाद सिद्दीकी त्यहाँ आइपुगे। सिद्दिकी आउनसाथ त्यहाँ तनाउ शुरू भयो।

बताइए अनुसार नौशाद सिद्दीकी पुग्नसाथ तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले “जय बङ्गला” को नारा लगाउन शुरू गरे जसपश्चात दुई पक्षबीट चर्को बहस भयो साथै धक्का-धक्कीको स्थिति उत्पन्न भयो। हेर्दा-हेर्दै माहोल तातियो जसले गर्दा क्षेत्रमा तनाउ फैलियो। स्थिति बिग्रिएको देखेर घटनास्थलमा उपस्थित केन्द्रिय बल र राज्य पुलिसले मोर्चा सम्हाले। भीड़लाई नियन्त्रित गर्न तथा स्थितिलाई साम्य बनाउनको लागि पुलिसलाई लट्ठीचार्ज गर्नुपऱ्यो। लट्ठीचार्जपछि पनि लामो समयसम्म कोलाहल तथा तनाउपूर्ण वातावरण कायम रह्यो।

घटनापछि सुरक्षा व्यवस्थालाई अझ कठोर बनाइएको छ। केन्द्रिय बलले लगातार गस्ती गरिरहेको छ भने मतदान केन्द्र वरपर अतिरिक्त जवानहरूलाई तैनाथ गरिएको छ ताकि कुनै पनि प्रकारको अप्रिय घटनालाई रोक्न सकियोस्। हाल प्रशासनले स्थिति नियन्त्रणमा रहेको दाबी गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande