मतदान अवधि कोलकाताका कतिपय क्षेत्रहरूको स्थिति तनाउपूर्ण, भवानीपुरमा ममता ब्यानर्जीका भाईलाई पुलिसको चेताउनी
मतदान अवधि कोलकाताका कतिपय क्षेत्रहरूको स्थिति तनाउपूर्ण, भवानीपुरमा ममता ब्यानर्जीका भाईलाई पुलिसको चेताउनी


कोलकाता, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको दोस्रो चरणको मतदानमा राजधानी कोलकाताका कतिपय क्षेत्रमा तनाउ भएको समाचार प्राप्त भएको छ। भवानीपुरमा पुलिसले कड़ाई गर्दै तृणमूल कङ्ग्रेसका प्रत्याशी औ निवर्तमान मुख्यमन्त्री ममता ब्यानर्जीका भाई कार्तिक ब्यानर्जीलाई चेताउनी दिएको छ। जानकारी अनुसार कार्तिक ब्यानर्जी मतदान केन्द्रको छेउमा केही मानिसहरूसित बसेका थिए जसमा पुलिसले हस्तक्षेप गर्दै भन्यो, चार जनाभन्दा अधिक मानिसहरू भेला भएर बस्ने अनुमति छैन। पुलिसले उनीहरूलाई सतर्क पनि गरायो।

यता भवानीपुरको छिमेकी विधानसभा क्षेत्र रासबिहारीमा बिहानदेखिकै तनाउपूर्ण स्थिति भएको छ। आरोप छ, कङ्ग्रेसको पोलिङ्ग एजेन्टलाई बूथमा प्रवेश गर्नदेखि रोकिँदैछ। यो पनि दाबी गरियो, तृणमूण कङ्ग्रेसका कार्यकर्ता अनि समर्थकहरूले त्यहाँ दबाव दिरहेका छन्।

रासबिहारी सीटमा कङ्ग्रेसले आशुतोष चट्टोपाध्यायलाई उम्मेद्वार बनाएको छ भने तृणमूल कङ्ग्रेसको पक्षबाट देवाशिष कुमार मैदानमा छन्। भाजपाले यहाँ पूर्व पत्रकार स्वपन दासगुप्तालाई टिकट दिएको छ भने वाम मोर्चाको पक्षबाट सीपीआई (एमएल) लिबरेशनका मानस घोष उम्मेद्वार छन्।

यस अतिरिक्त दमदम र न्यूटाउन क्षेत्रबाट पनि मतदानमा ढिल्याई भएको तथा तकनिकी गड़बड़ी भएको खबर प्रकाशमा आएको छ। उत्तर दमदमको बूथ नम्बर 207-मा तृणमूल कङ्ग्रेसको बटनमा स्याही लगाएको आरोप लगाइयो भने बूथ नम्बर 10-मा मक पोलिङ्ग अवधि ईभीएम बिग्रिएको सिकायत प्राप्त भयो।

राजारहाट-न्यूटाउन विधानसभा क्षेत्रको आदित्य अकादमीस्थित बूथ नम्बर 22-मा पनि बिहान 7 बजे तय समयमा मतदान शुरू हुन सकेन जसलाई लिएर भाजपा उम्मेद्वार पीयूष कनोड़ियाले असन्तुष्ट व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande