चुनाउ 26ः दोस्रो चरणको मतदानमा धेरै वटा क्षेत्रहरूमा तनाउको स्थिति
चुनाउ 26ः दोस्रो चरणको मतदानमा धेरै वटा क्षेत्रहरूमा तनाउको स्थिति


कोलकाता, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026 को दोस्रो चरण अन्तर्गत बुधवार सात वटा जिल्लाका 142 वटा सीटहरूमा मतदान जारी छ। बिहान 6 बजेदेखि शुरू भएको भोटिङ्ग साँझ 6 बजेसम्म चल्नेछ। शुरुआती दुई घण्टामा कतिपय मतदान केन्द्रहरूमा ईभीएम खराब भएकोले मतदानमा विलम्ब भएको समाचार प्राप्त भएको छ।

राज्यको बारासात, हाबरा, कल्याणी औ शान्तिपुर समेत केही क्षेत्रहरूमा तकनिकी खराबी भएको कारणले मतदान ढिलो गरी शुरू भयो जसले गर्दा मतदाताहरूलाई लामो समयसम्म प्रतिक्षा गर्नुपऱ्यो।

यसबीच कतिपय स्थानहरूमा तनाउ तथा झड़प भएको खबर प्रकाशमा आएको छ। चापड़ाको एउटा बूथमा भाजपा एजेन्टमाथि कुटपिट भएको आरोप लगाइएको छ भने भाङ्गड़ क्षेत्रमा गए राती राजनीतिक दलहरूबीच झड़प भएको घटनापछि बिहान स्थिति शान्त भएको बताइएको छ।

तृणमूल कङ्ग्रेसका नेता अभिषेक ब्यानर्जीले मतदान गरेपछि आरोप लगाए, मतदाताहरूलाई डर देखाउने चेष्टा गरिँदैछ। चुनाउ आयोगले आफ्नो सीमा नाघेर काम गरिरहेको छ। अर्कोतिर मुख्यमन्त्री ममता ब्यानर्जीले विभिन्न बूथहरूको दौड़ाह गरी मतदान प्रक्रियाको जायजा लिइन्।

चुनाउ आयोगले राज्यभरि नै सुरक्षाको कड़ा व्यवस्था गरेको छ भने ठूलो सङ्ख्यामा केन्द्रिय बलहरूलाई तैनाथ गरिएको छ। साथै कुनै पनि सिकायतको लागि टोल फ्री नम्बर पनि जारी गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande