बसन्तीको 76 नम्बर बूथमा भाजपा प्रत्याशी विकास सरदारमाथि हमला
बसन्तीको 76 नम्बर बूथमा भाजपा प्रत्याशी विकास सरदारमाथि हमला


दक्षिण 24 परगना, 29 अप्रेल (हि. स.)। जिल्लाको बसन्ती विधानसभा क्षेत्रमा मतदान अवधि तनाउपूर्ण स्थिति उत्पन्न भयो। जानकारी अनुसार बसन्तीको 76 नम्बर बूथमा भाजपा प्रत्याशी विकास सरदारमाथि हमला गरियो।

भनिन्छ, बूथ निरीक्षण गर्न पुगेका विकास सरदारमाथि कतिपय मानिसहरूले घेरेर हमला गरे। उनको वाहनमा तोड़फोड़ गरे। यति मात्र नभएर उनको सुरक्षा कर्मीबाट आग्नेयास्त्र थुत्ने प्रयास गरियो। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचियो साथै स्थिति तनाउपूर्अण भयो।

भाजपाद्वारा आरोप लगाइएको छ, घटनास्थलमा केन्द्रिय बल हुँदाहुँदै पनि उनीहरूले विकास सरदारलाई बचाउन वा स्थितिलाई नियन्त्रण गर्नको लागि कुनै सक्रिय बूमिका निर्वाह गरेनन्। यसले गर्दा भाजपा कार्यकर्ता र समर्थकहरू असन्तुष्ट भएका छन्।

घटनापछि सम्पूर्ण क्षेत्रको माहोल तनाउग्रस्त भएको छ साथै अतिरिक्त पुलिस बललाई तैनाथ गरी स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरिँदैछ। प्रशासनद्वारा मामिलाको जाँच शुरू गरिएको छ। मतदानबीच भएको यस घटनाले बसन्ती क्षेत्रको कानून व्यवस्था अनि सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande