
कोलकाता, 29 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता शुभेन्दु अधिकारीले कोलकाताको भवानीपुर सीटबाट मुख्यमन्त्री ममता ब्यानर्जीमाथि विजय हासिल गर्ने दाबी गरेका छन्।
शुभेन्दु अधिकारी बिहान-बिहानै भवानीपुर तथा चेतला क्षेत्रका विभिन्न बूथहरूको निरीक्षण गर्न पुगे। यस अवधि पत्रकारहरूसित बातचित गर्दै उनले आफ्नो जीतलाई लिएर ठूलो दाबी गरे। अधिकारीले भने, “ममता ब्यानर्जी 30 हजार भोटले परास्त हुनेछन्। हामी कुनै पनि प्रकारको गुण्डागिरी हुन दिनेछैनौं। डर देखाएर भोट हासिल गर्न दिनेछैनौं।”
उनले आरोप लगाए, कतिपय स्थानहरूमा मतदाताहरूलाई प्रभावित पार्ने प्रयास गरिरहेको छ, तर भाजपा कार्यकर्ता र केन्द्रिय बलले निष्पक्ष मतदान सुनिश्चित गर्नेछन्।
बूथ निरीक्षणको क्रममा शुभेन्दु अधिकारीको भेट कोलकाता नगरनिगमका मेयर फिरहाद हाकिमकी बेटी प्रियदर्शिनी हाकिमसित पनि भयो। यी दुईबीच लामो समयसम्म कुराकानी भयो जसलाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ.
यता तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जी पनि बिहान-बिहान भवानीपुरका विभिन्न बूथहरूको दौड़ाह गर्न निक्लिन्। उनले मतदान प्रक्रियालाई केन्द्रिय बल तथा बाहिरका पर्यवेक्षकहरूमाथि गम्भीर आरोप लगाइन्।
ममताले आरोप लगाइन्, केन्द्रिय बलले मतदाताहरूलाई प्रभावित पारिरहेको छ र कतिपय स्थानहरूमा अनावश्यक हस्तक्षेप गरिरहेको छ। उनले चुनाउ आयोगसित निष्पक्ष मतदान सुनिश्चित गर्ने माग गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा