भवानीपुर सीटमा प्रतिष्ठाको लड़ाईँ, ममतापछि शुभेन्दु अधिकारी पनि कार्यकर्तारूको मनोबल बढ़ाउन हिँड़े
भवानीपुर सीटमा प्रतिष्ठाको लड़ाईँ, ममतापछि शुभेन्दु अधिकारी पनि कार्यकर्तारूको मनोबल बढ़ाउन हिँड़े


कोलकाता, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको दोस्रो तथा अन्तिम चरणको मतदान बुधवार बिहान शुरू हुनसाथ राजनीतिक खैलाबैला तीव्र भयो। मतदानको दिन बिहानै कोलकाताका सड़कहरूमा एक असामान्य तथा हाई भोल्टेज तस्वीर देख्न पाइयो।

दोस्रो चरणको सबैभन्दा चर्चित सीट भवानीपुरमा मुख्यमन्त्री ममता ब्यानर्जी र विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारी आमने-सामने छन्.। यस हाई भोल्टेज स्पर्धाबीच दुवै नेतालाई बिहान-बिहान सड़कहरूमा उत्रेर सक्रिय भएको देखियो

बिहानदेखिकै भवानीपुरमा मतदाताहरूको लामो पङ्क्ति देखिएको छ। कड़ा सुरक्षा व्यवस्थाबीच मतदान भइरहेको छ। केन्द्रिय बलहरूको तैनाथी तथा बूथहरूको बाहिर अप्नाइएको सतर्कतालाई हेर्दा यस्तो लाग्छ कि प्रशासन कुनै पनि प्रकारको जोखिम उठाउन चाहँदैन।

मुख्यमन्त्रीले आरोप लगाइन्, मतदान हुन एक रातअघि तृणमूल कङ्ग्रेसको झण्डा हटाइयो। क्षेत्रमा बाहिरका मानिसहरूको उपस्थिति बढ़ेको छ। उनले पार्टी कार्यकर्ता तथा समर्थकहरूमाथि दबाव एवं कारबाही गरेको आरोप पनि लगाइन्। यहाँसम्म कि उनले 70 नम्बर वार्डका पार्षदलाई नजरबन्द गरिएको दाबी गर्दै भनिन्, “हाम्रा कार्यकर्ताहरूलाई समातिँदैछ, हामी रातभरि सुत्न पाएनौं।”

अर्कोतिर शुभेन्दु अधिकारीलाई पनि बिहानदेखिकै मैदानमा सक्रिय देखियो। उनले दिनको शुरूआत हनुमान मन्दिरमा पूजा-अर्चना गरेर गरे। त्यसपछि सोझै विभिन्न बूथहरूको भ्रमण गर्न शुरू गरे। भवानीपुरका भिन्न-भिन्न स्थानहरूमा पुगेर उनले कार्यकर्ताहरूको मनोबल बढ़ाए तथा मतदान प्रक्रियाको निरीक्षण गरे।

दुवै शीर्ष नेताहरूको सक्रियताले भवानीपुरको लड़ाईँलाई अझ रोचक बनाएको छ। राजनीतिक विश्लेषकहरू अनुसार यो एउटा विधानसभा सीटको चुनाउ मात्र नभएर प्रतिष्ठाको लड़ाईँ नै बनिसकेको छ। पछिल्लो वर्ष 2021-मा नन्दीग्राममा भए जस्तै यसपालि कोलकातामा राजनीतिक तनाउको माहोल देखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande