
आसनसोल, 29 अप्रेल (हि.स.)। नदिया जिल्लाको कृष्णनगरमा विधानसभा चुनाउ 2026 अन्तर्गत दोस्रो चरणको मतदान अवधि मतदाताहरूको लागि एक अनौठो तथा आकर्षक मोडल बूथ बनाइएको छ जुन यस क्षेत्रमा चर्चाको विषय बन्न पुगेको छ। यस विशेष बूथमा प्रवेश गर्दा मतदाताहरूलाई आफ्नै घरमा आएको जस्तो अनुभूत भइरहेको छ।
चुनाउ आयोग तथा स्थानीय प्रशासनको पहलमा तयार गरिएको यस मोडल बूथलाई पूर्ण रूपले घरको जस्तै थीममा सजाइएको छ। बूथभित्र सुन्दर पर्दा, सोफा सेट, फूलहरूको सजावट, भित्ताहरूमा पेन्टिङ्ग, सफा कार्पेट तथा आरामदायक बस्ने व्यवस्था गरिएको छ। बुजुर्ग्, महिला तथा दिव्याङ्ग मतदाताहरूको लागि विशेष सुविधा पनि राखिएको छ।
मतदान केन्द्र बाहिरदेखि भित्रसम्म रङ्ग-बिरङ्गी सजावट, सेल्फी पोइन्ट जागरूकता सन्देश लेखिएको छ ताकि मानिसहरू मतदानप्रति आकर्षित होस्। पहिलो पटक भोट दिन पुगेका युवाहरूमा यस मोडल बूथप्रति विशेष उत्साह देखियो।
स्थानीय प्रशासनको भनाइ छ, यस किसिमको मोडल बूथ बनाउनुको उद्देश्य मतदान प्रक्रियालाई सहज मात्र नबनाएर, मानिसहरूलाई मतदान गर्नको लागि पनि प्रेरित गर्नु हो। कतिपय मतदाताहरूले बूथभित्र तस्वीर कैद गरेर सोशल मीडियामा साझा पनि गरे।
एकजना महिला मतदाताले बताइन्, “यस्तो सुन्दर बूथ हामीले पहिला कहिल्यै देखेका थिएनौं। यस्तो लागिरहेको थियो मानौं कुनै ड्राइङ्ग रूममा बसेर भोट दिन आएका छौं।”
एकजना बुजुर्ग मतदाताले भने, “व्यवस्था धेरै राम्रो छ, लाइनमा धेर बेरसम्म बस्न परेन, आरामले भोट दिन पाइरहेको छु।”
कृष्णानगर समेत सम्पूर्ण नदिया जिल्लामा शान्तिपूर्ण मतदानको लागि सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।
केन्द्रिय बल, राज्य पुलिस तथा क्यूआरटी टीमले संवेदनशील क्षेत्रहरूमा लगातार गस्ती गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा