खेमाशुलीमा बाइपास ब्रिजको एक भाग झऱ्यो, भाग्यले बचे मानिसहरू
खेमाशुलीमा बाइपास ब्रिजको एक भाग झऱ्यो, भाग्यले बचे मानिसहरू


पश्चिम मेदिनीपुर, 29 अप्रेल (हि. स.)। पश्चिम बङ्गालको खेमाशुली–गुप्तमणि क्षेत्रमा बुधवार बिहान एउटा ठूलो दुर्घटना हुनदेखि बच्यो। राष्ट्रिय राजमार्ग-6 मा निर्माणाधिन नयाँ अण्डर बाइपासदेखि माथि बन्दै गरेको ब्रिजको एक भाग अचानक भत्किएर झऱ्यो। घटना पश्चिम मेदिनीपुर र झाड़ग्राम जिल्लाको सीमा छेउमा भएको हो। यसरी पुल भत्किनसाथ क्षेत्रमा कोकोहोलो मचियो भने स्थानीय मानिसहरूमा सन्त्राष फैलियो। तथापि राहतको कुरा के छ भने यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।

घटनाबारे जानकारी पाउनसाथ प्रशासन तथा सम्बन्धित विभागीय अधिकारीहरूले तुरून्तै घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्नको साथै जाँच शुरू गरे। प्रारम्भिक रूपमा यो पत्तो लगाउने चेष्टा गरिँदैछ, यो दुर्घटना निर्माण कार्यमा लापरवाही गरिको कारणले भएको हो वा यसको पछाड़ि अन्य कारण लुकेको छ।

सूत्र अनुसार घटनाको खबर पाएर दिनेन राय र श्रीकान्त महातो पनि घटनास्थल तर्फ प्रस्थान भएका छन्। प्रशासनको पक्षबाट बताइएको छ, मामिलाको जाँच गरेपछि नै वास्तविक कारण पत्तो लाग्नेछ। हाल क्षेत्रमा राहत अनि निगरानी गर्ने काम भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande