भाङ्गड़मा नौशाद सिद्दीको विरोधमा नाराबाजी
भाङ्गड़मा नौशाद सिद्दीको विरोधमा नाराबाजी


दक्षिण 24 परगना, 29 अप्रेल (हि.स.)। दक्षिण 24 परगना जिल्लाको भाङ्गड़ क्षेत्रमा मतदान भइरहँदा आईएसएफ उम्मेदवार नौशाद सिद्दकीलाई घेरेर विरोध प्रदर्शन गरिरहेको घटना प्रकाशमा आएको छ। यो घटना भाङ्गड़को साईंहाटी क्षेत्रमा अवस्थित एक मतदान केन्द्र बाहिर भएको हो। आरोप छ, केही मानिसहरूले “जय बङ्गला” को नारा लगाउँदै उनको विरोधमा प्रदर्शन गरे। तथापि तृणमूल कङ्ग्रेसले उक्त आरोपलाई अस्वीकार गरेको छ।

भनिन्छ, मतदान केन्द्रहरूको दौड़ाह गर्दै साईंहाटी क्षेत्रमा पुगेका नौशाद सिद्दीकीलाई केही मानिसहरूले घेरेर नाराबाजी गर्न थाले। त्यसपछि त्यहाँ केही समयसम्म तनाउपूर्ण स्थिति भयो। नौशादले आरोप लगाएका छ, पहिला क्षेत्रको माहोल शान्त थियो, तर तृणमूल कार्यकर्ताहरूले सुनियोजित ढङ्गमा माहोल खलबलाउने चेष्टा गरे

सोशल मीडियामा भाइरल भएको एउटा भीडियोमा केही मानिसहरूले उनलाई भनिरहेका छन्, उनलाई क्षेत्रमा कहिल्यै देखिएन र उनले क्षेत्रको लागि कुनै काम गरेका छैनन्। यसको जवाफ दिँदै नौशादले भने, उनले क्षेत्रमा 30 लाख रुपियाँको विकास गरेका छन्। यस्तो आरोप लगाउने मानिसहरू तृणूलका समर्थकहरू हुन्

यद्यपि त्यहाँ केन्द्रिय बलहरू तैनाथ रहेको कारणले स्थिति नियन्त्रणमै छ। कुनै ठूलो झड़प भएको समाचार प्राप्त भएको छैन।

यसैबीच हुगली जिल्लाको खानाकुल क्षेत्रमा पनि आईएसएफले तृणमूलमाथि आरोप लगाएको छ, दुई वटा बूथमा उनीहरूका पुलिङ्ग एजेन्टको फारमको नक्कल गरेर एजेन्टलाई बसाउने चेष्टा गरियो आईएसएफ उम्मेद्वार शेख साद्दाम हुसैनले यसको सिकायत चुनाउ अधिकारीहरूसित गरे जसपश्चात दुवै एजेन्टलाई हटाइयो। पछि बूथको छेउमा दुई पक्षमाझ झड़प हुने स्थिति उत्पन्न भयो जसलाई पुलिसले शान्त बनायो।

------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande