भाजपा प्रत्याशी रत्ना देवनाथ विरूद्ध ‘गो ब्याक’ को नारा
भाजपा प्रत्याशी रत्ना देवनाथ विरूद्ध ‘गो ब्याक’ को नारा


कोलकाता, 29 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ अन्तर्गत दोस्रो चरणको मतदानको दिन उत्तर 24 परगना जिल्लाको पानिहाटी क्षेत्रमा भाजपा प्रत्याशी रत्ना देवनाथलाई विरोधको सामना गर्नुपऱ्यो। बुधवार बिहान पानिहाटी नगरपालिकाको 25 नम्बर वार्डको आगरपाड़ा न्यू आदर्श नगर क्षेत्रमा केही मानिसहरूले उनको वाहनलाई घेरेर “गो ब्याक”- को नारा लगाए। यस घटनाको कारणले क्षेत्रको माहोल केही समयसम्म तनाउपूर्ण रह्यो।

रत्ना देवनाथले आरोप लगाइन्, तृणमूल कङ्ग्रेसका समर्थकहरूले उनलाई रोक्ने अनि माहोल अशान्त बनाउने प्रयास गरे। उनले भनिन्, उनको वाहनलाई घेरेर विरोध गर्दै नाराबाजी गरियो। उनले प्रशासनसित माग गरिन्, प्रदर्शनमा सामेल मानिसहरूलाई पक्राउ गरियोस् ताकि क्षेत्रमा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सकियोस्।

यसअघि रत्ना देवनाथले बुधवार बिहान आफ्नो मताधिकार प्रयोग गरिन्। मतदान गरेपछि उनले भनिन्, जनताले उनलाई समर्थन गर्नेछन्। अवश्य् न्याय पाउनेछौं।

रत्ना देवनाथका पतिले पनि भने, उनकी छोरीको मृत्युको निम्ति न्याय पाउनको लागि उनलाई यो बाटो अप्नाउनु पऱ्यो जुन दःखदायी छ। अन्तमा जीत आफ्नै हुने भरोसा पनि उनले व्यक्त गरे।

उल्लेखनीय छ, लगभग डेढ़ वर्षअघि कोलकाताको कोलकाताको आर. जी. कर मेडिकल कलेज एवं अस्पतालमा एकजना महिला चिकित्सकको दुष्कर्म अनि हत्या भएको घटनापछि राज्यभरि नै व्यापक विरोध प्रदर्शन भएको थियो। उक्त घटनापछि चिकित्सककी आमा रत्ना देवनाथले राजनीतिमा आउने फसेला गर्दै यसपालि पानीहाटीबाट भाजपाको टिकटमा चुनाउ लड़िरहेकी छन्

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande