
कोलकाता, 29 अप्रेल (हि.स.)। भाजपा नेता शुभेन्दु अधिकारी र ममता ब्यानर्जीबीच कड़ा भिड़न्त भइरहेको भवानीपुर क्षेत्रमा दोस्रो चरणको मतदान अवधि कालीघाट क्षेत्रमा बुधवार स्थिति तनाउपूर्ण भयो।
बताइए अनुसार बूथहरूको भ्रमण गर्न हिँड़ेका भाजपा नेता शुभेन्दु अधिकारीलाई देख्नसाथ तृणमूल कार्यकर्ता अनि समर्थकहरूले उनलाई घेरेर “चोर-चोर” को नारा लगाउन शुरू गरे। यसको जवाफमा भाजपा समर्थकहरूले “जय श्रीराम” को नारा लगाए। त्यसपछि दुई पक्षको नाराबाजीले कालीघाट रोड र हरिश मुखर्जी रोडको माहोल गर्मियो
स्थिति बिग्रिएको देखेर शुभेन्दु अधिकारीले फोनमा त्यहीँबाट चुनाउ आयोगलाई सिकायत गरे अनि केन्द्रिय बललाई पठाउने आग्रह गरे। केही क्षणमै ठूलो सङ्ख्यामा केन्द्रिय बलहरू घटनास्थलमा पुगे। स्थितिलाई नियन्त्रण गर्नको लागि केन्द्रिय बलले सामान्य लट्ठीचार्ज गरेको समाचार छ।
यसबीच तृणमूलकी पार्षद औ ममता ब्यानर्जीकी भाउज्यु कजरी ब्यानर्जी पनि घटनास्थलमा पुगिन्। उनले आरोप लगाइन्, त्यहाँ मतदान शान्तिपूर्ण ढङ्गमा भइरहेको थियो, तर शुभेन्दु अधिकारीले सिकायत गरेपछि पुलिस र केन्द्रिय बलले लट्ठीचार्ज गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा