
बनगाउँ, 29 अप्रेल (हि.स.)। दोस्रो चरणको मतदान अवधि भएको अशान्तिलाई लिएर भाजपा नेता शान्तनु ठाकुरले तृणमूल कङ्ग्रेसमाथि चर्को प्रहार गरे। उनले भने, झगड़ा र अशान्ति गर्नु तृणमूलको लोकतान्त्रिक अधिकार भएको छ। झगड़ा भएको ठाउँमा केन्द्रिय बलले आफ्नो जिम्मेवारी निभाउनेछ।
उनले भने, यदि तृणमूलका क्याडरहरूले मतदाताहरूलाई मतदान गर्नको लागि आउनै दिँदैनन् भने यस्ता स्थानहरूमा केन्द्रिय बलहरू अवश्य जानेछन्। गड़बड़ भएको ठाउँमा केन्द्रिय बल नजाने प्रश्नै उठ्दैन।
भाजपा नेताले दाबी गरे, भाजपाले यो चुनाउमा बहुमतले जीत हासिल गर्नेछ। वन गाउँका सबै सीटहरूमा भाजपाको जीत हुनेछ।
हालैको ‘दबङ्ग’ र ‘पुष्पा’ लाई लिएर उनले भने, यहाँ आएका अधिकारीहरू जिम्मेवार अधिकारीहरू हुन् र उनीहरूले आफ्नो कर्तव्य पालन गरिरहेका छन्। यस किसिमको कुरालाई लिएर अनावश्यक नाटक गरेर केही फाइदा हुनेवाला छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा