
गुवाहाटी, 06 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कंग्रेस सांसद गौरव गोगोईको अमेरिकामा एक लाख कड़ोर डलर निवेश गरेको दाबीलाई खारेज गर्दै यसलाई भ्रामक र अप्रमाणित बताए।
मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले आज भने, “GauravElizabeth786”-को नाममा एक कथित अकाउन्ट देखाएर यस आरोपलाई सही साबित गर्ने चेष्टा गरियो। उनले स्वयं एउटा उदाहरण पेश गर्दै बताए, मात्र 199 अमेरिकी डलर दिएर कुनै पनि व्यक्तिले अमेरिकामा यस किसिमको अकाउन्ट खोल्न सक्नेछ।
डा. सरमाले आरोप लगाए, विपक्षले जाली डिजीटल प्रमाणको माध्यमबाट जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको छ। उनले भने, उनको यो प्रदर्शन यो देखाउनको लागि थियो कि नक्कली अनलाइन पहिचान बनाएर कसरी झुटो न्यारेटिभ बनाउन सकिन्छ।
यस घटनाक्रमपछि राज्यको राजनीतिमा आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ, विशेष गरी चुनावी माहोलमा दुवै पक्षले एका-अर्कामाथि लगातार हमला गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा