भागोप्रमो उम्मेदवार अमर लामाले रङ्गबुल धोतरिया रङ्गमुक समष्टिमा गरे चुनाउ प्रचार
भागोप्रमो उम्मेद्वारले रंगबुल धोतरिया रंगमुकमा गरे चुनाव प्रचार


सोनादा, 07 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा उम्मेदवार अमर लामाले आज रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत मुण्डाकोठी चियाबारी, मुण्डा, बाँसघारी, सिडर्स, रंगमुक, चन्द्रमाधुरा क्षेत्रमा चुनाउ प्रचार गरेका छन्। यस अवसरमा उनीसॅंग समष्टिका सभासद एवं जीटीए डेपुटी चेयरम्यान राजेस चौहान, पार्टीको खरसाङ महकुमा समितिका सभापति सुमन बम्जन लगायत अन्यहरु उपस्थित रहेका थिए।

अमर लामाले यस क्षेत्रका स्थानीय मानिसहरुसित भेटघाट गर्नुका साथै उनीहरूका विभिन्न समस्याहरुबारे जानकारी लिए। यस क्रममा मुण्डा बाँसघारीमा एक चुनावी सभा पनि आयोजना गरियो। सभालाई सम्बोधन गर्दै लामाले आफु जितेर विधानसभमा पुगेको खण्डमा चियाबारी श्रमिकहरुका लागि आवाज उठाउने र चियाबारी श्रमिकहरुका लागि ठोस काम गर्ने बताए।

उनले यसपाली विधानसभा चुनाउमा हाम्रो मैनबत्तीबाट बद्ली भएर टर्च लाइट भएको अवगत गराए। उनले सबैलाई कुनै भूल नगरी टर्च लाइटकाे चिन्हमा भोट दिएर विजयी बनाउन आह्वान गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande