स्विट्जरल्याण्डकी राजदूत माया तिस्साफी सिक्किम भ्रमणमा
स्विट्जरल्याण्डकी राजदूत माया तिस्साफी सिक्किम भ्रमणमा


पाकिम,07 अप्रेल (हि.स.)। भारतका लागि स्विट्जरल्याण्डकी राजदूत माया तिस्साफी आज आधिकारिक भ्रमणमा सिक्किम आइपुगेकी छन्। उनको साथमा प्रथम सचिव साइमन सेवान शेफर तथा प्रकोप जोखिम न्यूनीकरण (डीआरआर), जलवायु परिवर्तन अनुकूलन (सीसीए), र द्रुत प्रतिक्रिया (आरआर) मा वरिष्ठ क्षेत्रीय सल्लाहकार पीवाई पिटेलाउड पनि सामेल छन्।

रम्फू पर्यटक सुविधा केन्द्रमा आइपुग्दा आज राजदूतलाई निर्देशक एसएसडीएमए राजीव रोका, एसडीएम रम्फू सुजाता सुब्बा, एसडीपीओ रम्फू समीर प्रधान लगायत अन्यहरूले स्वागत गरे

प्रतिनिधिमण्डल ७ देखि ११ अप्रेल, २०२६ सम्म राज्य भ्रमणमा रहने बताइएको छ। भ्रमणका क्रममा राजदूत र उनको टोलीले क्षेत्रमा हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) बाट प्रभावित विभिन्न स्थलहरूको स्थलगत भ्रमण गर्नेछन्।

प्रतिनिधिमण्डलले आफ्नो बसाइको क्रममा राज्य सरकारका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्ने र स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande