नगदसहित सूनका गहनाहरू चोरी, मामिला दर्ता
theft


गान्तोक, 07 अप्रेल (हि.स.)। सिङताम पुलिस थाना क्षेत्र अन्तर्गत वाटर गार्डन छेउ 32 नम्बरमा स्थानीय एउटा दोकानमा चोरी भएको छ। अज्ञात व्यक्ति (हरू) ले दोकानबाट नगदसहित सूनका गर-गहनाहरू चोरी गरेका छन्।

पुलिस रिर्पोटमा उल्लेख गरिएअनुसार, वाटर गार्डन छेउ 32 नम्बरको एउटा दोकान/क्यान्टिनमा चोरी भएको छ। दोकान मालिकले सोमवार बिहान लगभग 5 बजी दोकानको खिडकी खुल्ला देखिन्। उनले लकर हेर्दा नगदसहित सूनका गहनाहरू चोरी भएको पाइन्। पीडितले अज्ञात व्यक्ति (हरू) विरुद्ध प्राथमिकी दर्ता गराएकी छन्।

पुलिस रिपोर्टमा नगद 60 हजार रूपियॉंसहित सूनको औंठी, सूनको चेन, सूनको ब्रेसलेट र सूनको बाली चोरी भएको उल्लेख छ। पुलिसले अज्ञात व्यक्ति (हरू) विरुद्ध बीएनएस 2023 को धारा 305(ए)/331(4) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande