
आसनसोल, 06 अप्रेल (हि.स.)। आसनसोलमा चुनाउ अवधि नशा तस्करीका केही मामिलाहरू सामु आइरहेका छन् जसबाट पुलिस पनि हैरान भएको छ। गए आइतवार साँझ जुबली मोड़मा एसएसटी (स्ट्याटिक सर्भिलान्स टीम)- को नाका जाँच अवधि बोकारोबाट आइरहेको एउटा बसको जाँच गर्दा बसबाट दुई वटा बेवारिसे ब्याग जफत गरियो जसमा गाँजा भरिएको थियो जसको वचन 22.4 किलोग्राम थियो। पुलिसले गाँजा जफत गरे पनि यस मामिलामा कसैलाई पनि पक्राउ गर्न सकेन।
चुनाउ आचार संहिता लागू भएपछि एसएसटी र पुलिसद्वारा निरन्तर नाका जाँच गरिँदैछ जसमा नशा तस्करीका केही मामिलाहरूको खुलासा भइरहेको छ। पुलिसको मान्यता छ, तस्करहरूले बसहरूको माध्यमबाट व्यापक रूपमा नशाको खेप क्षेत्रमा ल्याइरहेका छन्।
पुलिस अधिकारीहरू अनुसार पुख्ता जानकारी बिना हरेक बस र हरेक यात्रीको सामान जाँच गर्नु सम्भव हुँदैन, किनभने यसो गरिए यात्रीहरूलाई धेरै समस्या हुन्छ साथै समय पनि अधिक लाग्छ। तस्करहरूले यसैको फाइदा उठाइरहेका छन्।
उल्लेखनीय छ, बितेका दुई दिनभित्रमा एसएसटीको टीमले गाँजा एवं ड्रग्सका केही खेपहरूलाई समातिसकेको छ ।
एसएसटी मजिस्ट्रेट रवि कुमार गुप्ताले बताए, तस्करहरूले झारखण्डबाट बसहरूको माध्यमबाट नशाको खेपलाई शिल्पाञ्चल क्षेत्रमा ल्याइरहेका छन्। चुनाउपछि पनि विभिन्न नाकाहरूमा स्निफर डगको सहयोगमा जाँच अभियान संचालन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा