
सिलगढ़ी, 6 अप्रेल (हि.स.)। तृणमूल महासचिव अभिषेक ब्यानर्जीको जनसभालाई मध्यनजर गर्दै शहरमा कड़ा ट्राफिक नियम लागू गरिएको छ। सोमवार साँझ सिलगढ़ीको तराई स्कूल मैदानमा तृणमूल सांसदले पार्टी उम्मेद्वारहरूको समर्थनमा सभा गर्नेछन् जसलाी लिएर प्रशासन अलर्ट भएको छ।
पुलिस मुताविक सोमवार अपरान्हदेखि नै हिलकार्ट रोडको दुवै तिर नो-पार्किंग लागू गरिएको छ। अभिषेक ब्यनर्जी हेलिप्याडदेखि होटलसम्म जाने क्रममा चम्पासरी र दागापुर क्षेत्रमा केही समयको लागि ट्राफिकलाई नियन्त्रित गरिनेछ। यस अतिरिक्त सभा अवधि कोर्ट मोड़देकि भिनस मोड़ अनि विधान रोडदेखि भिनस मोड़सम्म आम वाहनहरूको आवागमनमाथि प्रतिबन्ध लगाइनेछ।
ट्राफिक जामदेखि बच्नको लागि एनजेपी जाने वाहनहरूलाई फ्लाइओभरदेखि गेट बजार तर्फ डायभर्ट गरिनेछ। सिलगढ़ी मेट्रोपोलिटन पुलिसले बतायो, सभामा एकत्र हुने भीड़लाई ध्यानमा राखेर अतिरिक्त पुलिस बललाई तैनाथ गरिँदैछ।
प्रशासनले सर्वसाधारण मानिसहरूसित अपील गरेको छ, उनीहरूले ट्राफिक नियमहरूलाई पालन गर्दै वैकल्पिक मार्गलाई अप्नाउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा