
हुगली, 06 अप्रेल (हि.स.)। हुगली जिल्लाको आरामबाग नगरपालिका अधिनस्थ वार्ड नम्बर चारमा गए आइतवार साँझ चुनावी प्रचार अवधि राजनीतिक माहोल फेरि एक पटक तातियो। भारतीय जनता पार्टी (भाजपा)-का उम्मेद्वार हेमन्त बागले यहाँका विभिन्न क्षेत्रहरूमा जनसम्पर्क अभियान संचालन गरे।
प्रचार समाप्त भएपछि पुरातन बजार क्षेत्रमा तृणमूल कंग्रेस पार्टीको कार्यालय सामु भाजपाद्वारा एक सभा आयोजना गरियो। सभामा स्थानीय निवासी सुभाष चन्द्र दोलुई र व्यवसायी आलोक धारा औपचारिक रूपमा भाजपामा सामेल भए। भाजपा नेताहरूले उनीहरूलाई पार्टीको झण्डा प्रदान गरी स्वागत गरे।
सूत्र अनुसार सुभाष चन्द्र दोलुई पहिला कुनै पनि राजनीतिक दलसित प्रत्यक्ष रूपमा जोड़िएका थिएनन् तर यस पालि उनले भाजपाको पक्षमा सक्रिय रूपमा काम गर्ने इच्छा व्यक्त गरेका छन्। यसरी नै आलोक धाराले दाबी गरे, उनी पहिला भाजपामै थिएन, तर व्यवसायिक दबावको कारण केही समयको लागि तृणमूल कंग्रेसेमा सामेल भएका थिए। अब फेरि उनी भाजपामा फर्किएका छन्।
यस अवसरमा भाजपा उम्मेद्वार हेमन्त बागले भने, मानिसहरू स्वतःस्फूर्त रूपमा भाजपामा सामेल भइरहेका छन्। परिवर्तनको संकेत स्पष्ट रूपमा देखिँदैछ।
अर्कोतिर यस सम्पूर्ण घटनाक्रमलाई लिएर तृणमूल कंग्रेसकी उम्मेद्वार मिता बागले चरको प्रतिक्रिया व्यक्त गर्दै भनिन्, भाजपामा सामेल भएका मानिसहरू कहिल्यै पनि तृणमूल कार्यकर्ता थिएनन्। यो सम्पूर्ण घटना एक योजनाबद्ध नाटक हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा