
मोरीगाउँ (असम), 06 अप्रेल (हि.स.)। मोरीगाउँ जिल्लान्तर्गत मोइराबाड़ी क्षेत्रमा ब्रह्मपुत्र नदीको भजाखैती घाट निकट सोमवार बिहान एउटा नौका डुब्यो। यस दुर्घटनापछि तीनजना मानिसहरू बेपत्ता भएको पुलिस अदिकारीहरूले बताएका छन्।
शुरुआती रिपोर्ट अनुसार यो घटना त्यसबेला भएको हो जतिबेला क्षेत्रमा तीव्र हावा चलिरहेको थियो। तीव्र हावाको कारणले नौकाको सन्तुलिन बिग्रियो जसले गर्दा नौका नदीको बीचमा डुब्यो। जानकारी अनुसार अहिलेसम्ममा 15 जना यात्रीहरूलाई बचाइसकिएको छ।
बचाउ अभियान जारी छ जसमा राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ)- का टीमहरू तथा वेल्लोगुरी पुलिस स्टेशनका जवानहरू लागिपरेका छन्। तथापि बेपत्ता भएका तीनैजना मानिसहरूमध्ये कसैको बारेमा पनि केही पत्तो लाग्न सकेको छैन।
अधिकारीहरूले बताए, बेपत्ता भएका मानिसहरूको बारेमा पत्तो लगाउने प्रयास जारी छ।
भनिन्छ, नौका चर क्षेत्र भएर आइरहेको थियो। किनारमा पुग्न अगावै नौका नदीमा पल्टिएर डुब्यो। दुर्घटना भएको जानकारी पाउनसाथ ठूलो संख्याम वरिपरीका मानिसहरू घटनास्थलमा पुगे। पुलिसलाई पनि तत्काल सूचना दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा