
कोलकाता, 06 अप्रैल (हि.स.)। बेहाला पश्चिम विधानसभा क्षेत्रबाट तृणमूल कंग्रेसकी प्रत्याशी रत्ना च्यटर्जीविरूद्घ पुलिसले एफआईआर दर्ता गरेको छ। यो कारबाही चुनाउ आयोगको निर्देशमा पर्णश्री थानामा गरिएको हो।
आरोप छ, पर्णश्री क्षेत्रस्थित भारतीय जनता पार्टी (भाजपा) को पार्टी कार्यालयमा रत्ना च्याटर्जी र उनका समर्थकहरूले तोड़फोड़ गरे। यस घटनपछि गए आइतवार रातीसम्म क्षेत्रको स्थिति तनाउपूर्ण भयो। शुरूमा भाजपाले पुलिसमाथि निष्क्रियताको आरोप लगाएको थियो, तर पछि आयोगको निर्देशमा राती कारबाही गरियो।
विवादको शुरुआत गए आइतवार अपरान्ह भएको थियो। भाजपाको आरोप छ, तृणमूलका कार्यकर्ता अनि समर्थकहरूले पर्णश्रीस्थित उसको पार्टी कार्यालयमा पुगेर त्यहाँ टाँसिएका पोस्टर अनि ब्यानरहरूलााई च्यातिदिए। साथै कार्यालयमा तोड़फोड़ पनि गरियो। सम्पूर्ण घटना सीसीटीभी क्यामरामा कैद भएको दाबी गरिएको छ।
भाजपाले यो पनि आरोप लगाएको छ, लामो समयसम्म पुलिसले कुनै कारबाही गरेन। यसलाई लिएर तृणमूल अनि भाजपा कार्यकर्ताहरूबीच चर्को बहस भयो जुन पछि धक्का-धक्कीसम्म पुग्यो।
घटनाको सूचना पाउनसाथ बेहाल पश्चिमबाट भाजपा प्रत्याशी इन्द्रनील खाँ पनि घटनास्थलमा पुगे। उनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले केही समयसम्म पर्णश्री थानालाई घेरेर धरना दिए। पछि तृणमूलविरूद्ध सिकायत दर्ता गरियो।
अर्कोतिर रत्ना च्याटर्जी पनि पर्णश्री थानामा पुगिन्। घटना हुँदा तिनी घटनास्थलमा उपस्थित थिइन् कि थिइनन्, स्पष्ट छैन। रत्नाको आरोप छ, उनको पोस्टर र ब्यानर पनि फाड़ियो जसको लागि भाजपा समर्थकहरू जिम्मेवार छन्। उनले पनि भाजपाविरूद्ध सिकायत दर्ता गराएकी छन्।
सोमवार बिहान आयोगको सूत्रबाट जानकारी प्राप्त भयो, पर्णश्रीको घटनालाई लिएर रत्ना च्यटर्जीविरूद्ध स्थानीय थानामा एफआईआर दर्ता गरिएको छ। उनीविरूद्ध तोड़फोड़मा सामेल रहेको आरोप लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा