मुख्यमन्त्री रेखा गुप्ताले एमसीडीको सफाई कर्मचारी यूनियन कोर कमिटीका प्रतिनिधिहरूसित गरिन् भेट
मुख्यमन्त्री रेखा गुप्ताले एमसीडीको सफाई कर्मचारी यूनियन कोर कमिटीका प्रतिनिधिहरूसित गरिन् भेट


नयाँ दिल्ली, 06 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार मुख्यमन्त्री जन सेवा सदनमा दिल्ली नगरनिगम (एमसीडी)- को सफाई कर्मचारी यूनियन कोर कमिटीका प्रतिनिधिहरूसित भेट गरिन्।

मुख्यमन्त्री रेखा गुप्ताले जन सेवा सदनमा निगमको सफाई कर्मचारी यूनियन कोर कमिटीका प्रतिनिधिहरूसित भेट गरी उनीहरूको समस्या, सुझाउ अनि धरातलीय चुनौतीहरूलाई सुनिन्।

यस अवधि मुख्यमन्त्रीले भनिन्, दिल्लीलाई स्वच्छ, स्वस्थ औ व्यवस्थित बनाइ राख्नमा हाम्रा सफाई कर्मचारीहरूको निस्वार्थ भावले गरिएको योगदान अत्यन्त सराहनीय छ। यो सेवा एक दिगो संकल्प हो जसले प्रत्येक दिन दिल्लीको जीवनलाई सहज बनाउँछ।

रेखा गुप्ताले सफाई कर्मचारी यूनियन कोर कमिटीका प्रतिनिधिहरूलाई आश्वस्त पारिन, सरकार उनीहरूको साथमा सशक्त ढंगमा उभिएको छ र सबै मुद्दाहरूको समाधानको लागि निरन्तर कार्य गरिरहेको छ।

उनले भनिन्, हरेक सफाई कर्मचारीलाई सम्मान, सुरक्षा एवं श्रेष्ठ कार्य परिस्थिति प्राप्त् होस्, उनीहरूको श्रम अनि समर्पणकै कारणले दिल्ली अगाड़ि बढ़्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande