
नयाँ दिल्ली, 06 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार उपराज्यपाल तरनजित सिंह सन्धूसित भेट गरी आगामी गर्मीका तयारीहरूमाथि समीक्षा गरिन्।
मुख्यमन्त्री रेखा गुप्ताले उपराज्यपालसित भेट गरी बताइन्, दिल्ली सरकारले आगामी गर्मीको लागि तयारीहरू गरिरहेको छ ताकि जनताले सिकायत गर्ने अवसर नपाउन्। मुख्यमन्त्रीले जल आपूर्ति, बिजुली प्रबन्धन, स्वास्थ्य सेवा औ आपदा प्रबन्धनसित सम्बन्धित विषयहरूमाथि पनि विस्तारपूर्वक चर्चा गरिन्।
उनले भनिन्, गर्मीको मौसममा दिल्लीवासीहरूलाई कुनै पनि प्रकारको असुविधा नहोस्। दिल्ली सरकारले सबै आवश्यक कदम उठाइरहेको छ र पूर्ण रूपले तयार छ ताकि नागरिकहरूलाई सुचारू सेवा अनि श्रेष्ठ प्रबन्धन सुनिश्चित गर्न सकियोस्।
उल्लेखनीय छ, यसअघि मुख्यमन्त्रीले उपराज्यपालसित गत 28 मार्चमा भेट गरेकी थिइन्। यस अवसरमा दिल्लीको विकास, जनकल्याण तथा भविष्यको दिशामाथि सार्थक चर्चा भएको थियो जसमा इन्फ्रास्ट्रक्चरलाई गति दिने, पर्यावरणलाई प्राथमिकता औ नागरिकहरूको जीवनलाई सर्वश्रेष्ठ बनाउने संकल्प केन्द्रमा थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा