बनगाउँमा धामीको रोड शो, भाजपाको जीतप्रति आशावादी
बनगाउँमा धामीको रोड शो, भाजपाको जीतप्रति आशावादी


उत्तर 24 परगना, 06 अप्रेल (हि. स.)। पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)-ले चुनावी प्रचारलाई तीव्रता दिएको छ। यसै क्रममा सोमवार उत्तर 24 परगना जिल्लाको बनगाउँमा भाजपा नेता तथा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले रोड शो गरे साथै पार्टी ुम्मेद्वारहरूको समर्थनमा जनसम्पर्क अभियान संचालन गरे। मुख्य सड़कमा भएको प्रचार-प्रसार कार्यक्रममा पार्टी समर्थक अनि कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो।

यस अवसरमा धामीले भाजपाको जीतप्रति आशा व्यक्त गर्दै भने, बंगालका मानिसहरूमा परिवर्तनको निम्ति स्पष्ट इच्छा देखिँदैछ। उनले भने, मैले बंगालका धेरैजना मानिसहरूसित बातचित गरें। यहाँ उर्लिएको भीड़ले पनि यो साबित गरिरहेको छ कि मानिसहरू परिवर्तनको लागि दृढ़ संकल्पित छन्।

तृणमूल कंग्रेस सरकारको आलोचना गर्दै उनले भने, राज्यमा भय, भ्रष्टाचार तथा अपराधको माहोल छ जसलाई परिवर्तन गर्नको लागि जनता पूर्ण रूपमा तयार भएका छन्। उनले भने, यसपालि तृणमूल कंग्रेसलाई पूर्ण रूपमा परास्त गरिनेछ।

धामीले अझ भने, देशका केही राज्यहरूमा डबल इञ्जनको सरकार बनिरहेको छ। चुनाउ भइरहेका राज्यहरूका मानिसहरूले विकास अनु सुशासनको डबल इञ्जन सरकारलाई प्राथमिकता दिरहेका छन्। उनले विश्वास व्यक्त गरे, बंगालका जनताले पनि यसपालि डबल इञ्जनको सरकार बनाएर भाजपालाई बहुमतले विजय बनाउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande