चुनाउ प्रचार गर्दै माछा बजार पुगे दिलीप घोष, तृणमूल प्रत्याशी प्रदीप सरकार पनि सक्रिय
चुनाउ प्रचार गर्दै माछा बजार पुगे दिलीप घोष, तृणमूल प्रत्याशी प्रदीप सरकार पनि सक्रिय


खड़गपुर, 06 अप्रेल (हि. स.)। खड़गपुर सदरबाट भारतीय जनता पार्टी (भाजपा) प्रत्याशी दिलीप घोषले सोमवार वार्ड नम्बर 19 स्थित खरिदा बजारमा जनसम्पर्क एवं गृह सम्पर्क अभियान संचालन गरे। यस अवधि उनले बजार क्षेत्रका मानिसहरूसित भेटघाट गरी आगामी चुनााउको लागि समर्थन मागे।

अभियानको क्रममा दिलीप घोष खरिदा बजार र माछा बजार पुगे जहाँ उनले दोकानदारहरूसित बातचित गरे। बजारमा व्यापक मात्रामा ताजा सब्जी अनि विभिन्न प्रकारका माछाहरू देखेर उनले बजारको व्यवस्थालाई लिएर चर्चा गरे। बजारमा उपस्थित व्यापारी तथा स्थानीय मानिसहरूसित बातचित गर्दै उनले क्षेत्रका समस्याहरू बारे जानकारी लिए। उनले बजारबाट ताजा सब्जीहरू पनि किनमेल गरे।

व्यापारीहरूले बातचित गर्ने क्रममा स्थानीय समस्याहरूको उल्लेख गर्दै भने, खड़गपुरका पुराना बजारहरूमध्ये एक खरिदा बजारमा प्रतिदिन हजारौं मानिसहरू आफ्नो दैनन्दिन आवश्यकताका वस्तुहरू अनि सब्जीहरू किनमेल गर्न आउने गर्दछन्। तथापि बजारको व्यवस्था अनुरूप यहाँ वर्षौंदेखिको कुनै स्थायी विकास कार्य वा समुचित मरम्मत भएको छैन। यसमा दिलीप घोषले भने, भाजपा सत्तामा आए कथित कटमनी संस्कृतिलाई समाप्त गर्नको साथै बजारको स्थायी विकासको लागि ठोस कदम उठाउनेछ।

यता तृणमूल कंग्रेसका प्रत्याशी प्रदीप सरकार पनि चुनावी प्रचारमा सक्रिय छन्। उनले पनि आफ्ना समर्थकहरूलाई लिएर विभिन्न वार्डहरूमा पुगी मतदाताहरूसित सोझो सम्पर्क गरिरहेका छन्। उनको भनाइ छ, खड़गपुर सहरको विकास “खड़गपुरको छोरा”-ले नै गर्नसक्छ।

उनको गृह सम्पर्क अभियानमा पनि भीड़ देख्न पाइँदैछ। तथापि चुनाउ परिणामले नै तय गर्नेछ कि जनता कसको समर्थनमा छन्। हाल खड़गपुरको राजनीतिमा तृणमूल कंग्रेस र भाजपाबीच सोझो भिड़न्त हुने देखिएको छ भने कंग्रेस र वाम मोर्चालाई धेरै हदसम्म सीमित देखिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande