भाजपा प्रत्याशी विश्वजित फुकनको सरूपथारस्थित आवासमा ग्रेनेड प्रहार
भाजपा प्रत्याशी विश्वजित फुकनको सरूपथारस्थित आवासमा ग्रेनेड प्रहार


गोलाघाट (असम), 06 अप्रेल (हि.स.)। असमको सरूपथार क्षेत्रमा त्यसबेला तनाउ फैलियो जतिबेला अज्ञात उपद्रवीहरूले सोमवार भारतीय जनता पार्टी (भाजपा) प्रत्याशी विश्वजित फुकनको बिलगाउँ चांगपुलस्थित आवासमा ग्रेनेड फाले। तथापि ग्रेनेड विस्फोट भएन।

प्राप्त जानकारी अनुसार घटना हुँदा घरमा परिवारका सदस्यहरू कोही पनि उपस्थित थिएनन्। एकजना रखवाला मात्र उपस्थित थियो। ग्रेनेड विस्फोट नभएको कारणले कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। भनिन्छ, ग्रेनेड धेरै पुरानो हो।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेर पुलिसले जाँच शुरू गरेको छ। यस घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको छ। पुलिसले ग्रेनेडलाई आफ्नो कब्जामा लिएको छ।

यता विश्वजित फुकनले बरपथार थानामा यस सम्बन्धमा प्राथमिकी दर्ता गराएका छन्। पुलिसले हमलाकारीहरूको पहिचान अनि घटनाको कारण पत्तो लगाउन अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande