अजय एडवर्डसले दार्जिलिङमा बुझाए नामाङ्कन पत्र
अजय एडवर्डसले दार्जिलिङमा बुझाए नामांकन पत्र


- भागोप्रमो भनेको टीएमसी हो, गोरामुमो र गोजमुमो भनेको भाजपा हो: अजय एडवर्ड्स

दार्जिलिङ, 06 अप्रेल (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को केन्द्रिय संयोजक अजय एडवर्ड्सले दार्जिलिङ विधानसभा समष्टिको लागि आज आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। पूर्व घोषित कार्यक्रम अनुरूप सोमवार बिहान दार्जिलिङको चौरस्तामा पार्टीका हजारौं कार्यकर्ता तथा समर्थकहरू भेला भएका थिए।

यस अवसरमा पार्टीको खरसाङ विधानसभा समष्टिकी उम्मेदवार बन्दना राई, पार्टी केन्द्रिय कार्यकारिणी सदस्य एनबी खवास, लाडुप घिसिङ आदि केन्द्रिय नेतृत्वहरू पनि उपस्थित रहेका थियो। आईजीजेएफले दार्जीलिङ पहाडका तीनैवटा आसनहरू लगायत तराई क्षेत्रका आसनहरूमा पनि उम्मेदवार खडा गरेका छन्। अजय एडवर्ड्स आफ्ना समर्थकहरूका साथ नामाङ्कन पत्र बुझाउन जिल्लापाल कार्यालय पुगेका थिए।

अजय एडवर्ड्सले भने, 'यसपाली पहाडको जनताले भाजपा र टीएमसीलाई अवश्यै मज्जा चखाउने छन् भन्ने विषयमाथि आफुहरू विश्वस्त छौँ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा भनेको टीएमसी हो। गोरामुमो र गोजमुमो भनेको भाजपा हो। केन्द्रको भाजपा सरकारले पहाडबासीलाई झूठो आश्वसन मात्र दिँदै आएको छ भने राज्यको टीएमसी सरकारले पहाडबासी तथा गोर्खाहरूमाथि शोषण, अन्याय र अत्याचारहरू गर्दै आएको छ। त्यसकारण अब हुने चुनाउमा पहाडबासीहरूले यिनीहरूलाई अवश्यै मज्जा चखाउने छन्।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande