लिलुआमा दुई गुटबीच हिंसक झड़प, क्षेत्रमा तनाउ व्याप्त
लिलुआमा दुई गुटबीच हिंसक झड़प, क्षेत्रमा तनाउ व्याप्त


हावड़ा, 06 अप्रेल (हि.स.)। हावड़ा जिल्लाको लिलुआ क्षेत्रमा गए आइतवार राती दुई पक्षबीच हिंसक झड़प भयो जसले गर्दा क्षेत्रमा व्यापक तनाउ फैलियो। कुटपिट भइरहँदा एकजना युवकलाई सड़कमा तरवार उज्याउँदै गरेको देखियो जसबाट स्थानीय मानिसहरूमा भय व्याप्त भयो।

सूत्र अनुसार केही युवकहरूले केक काटेर एकजना साथीको जन्मदिन मनाइरहेका थिए। यस अवधि अर्को पक्षका केही युवकहरूले कथित रूपमा उनीहरूलाई गाली गरे जसपश्चात स्थिति अचानक बिग्रियो अनि दुई पक्ष आपस्तमा भिड़िए।

हेर्दा-हेर्दै दुवै पक्षबीच लात्ता-घुस्सा चल्न थाल्यो।

घटनाको भीडियो पनि सोशल मीडियामा भाइरल भयो जसमा एकजना युवकलाई तरवार बोकेर सड़कमा घुम्दै गरेको देखिएको छ। भीडियोमा यो पनि देखाइएको छ, एकजना महिलाले उसलाई रोक्ने प्रयास गर्दा उसले महिलालाई धम्की दियो।

यस घटनामा न्यूनतम पनि पाँचजना मानिसहरू घाइते भएका छन्। लिलुआको दागर बगान क्षेत्रमा भएको यस घटनापछि क्षेत्रको माहोल भयपूर्ण भएको छ।

स्थानीय सूत्र मुताविक यो विवाद सत्तारूढ़ तृणमूल कंग्रेसका दो गुटमाझ पछिल्लो लामो समयदेखिकै चल्दै आएको सत्रुताको परिणाम हो। आरोप छ, डोमजुड़ विधानसभाका पूर्व विधायक कल्याण घोषका समर्थकहरू र वर्तमान तृणमूल उम्मेद्वार तापस माइतीका समर्थकहरूबीच भएको विवादले हिंसक रूप लियो।

सूचना पाएर लिलुआ थानाबाट पुलिस तथा केन्द्रिय बलहरू घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।

पुलिसले दुवै पक्षका तीनजना मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ। सतर्कता स्वरूप क्षेत्रमा पुलिस पिकेट तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande