
आसनसोल, 06 अप्रेल (हि.स.)। आसनसोल दक्षिण विधानसभा सीटबाट तृणमूल प्रत्याशी तापस ब्यानर्जीको समर्थनमा गए आइतवार अबेर साँझ अभिनेत्री तथा तृणमूल सांसद सायोनी घोषले बर्नपुर क्षेत्रमा एक भव्य रोड शो गरिन्। यस रोड शोमा तापस ब्यनर्जीसँगसँगै आसनसोल दक्षिण विधानसबा क्षेत्रबाट केही वरिष्ठ तृणमूल नेताहरू सहित ठूलो संख्यामा कार्यकर्ताहरू उपस्थित थिए।
रोड शोको शुरुआत बर्नपुर रेलवे स्टेशनबाट भयो जुन स्टेशन रोड, 78 नम्बर वार्ड, टाउन पूजा बाड़ी मैदान, पुराना हाट, मेन रोड, मदरसा, सुभाष पल्ली, शान्ति नगर, पूर्णिया तालाब, मुन्शी प्रेमचन्द रोड, बीसीएमएल, नरसिंह बाँध, दुबे पाड़ा औ नाग मन्दिर हुँदै त्रिवेणी मोड़सम्म पुग्यो। त्यसपछि त्रिवेणी मोड़ मैदानमा एक विशाल सभाको आयोजन गरियो जसमा भारी संख्यामा तृणमूल कार्यकर्ताहरूको उपस्थिति देख्न पाइयो।
सम्पूर्ण कार्यक्रमभरि कार्यकर्ताहरूमा व्यापक उत्साह देखियो तथा ममता ब्यनर्जी, अभिषेक ब्यनर्जी र तृणमूलको समर्थनमा गगनभेदी नाराबाजी भइरह्यो।
यस अवसरमा सायनी घोषले भनिन्, जसरी आम जनताको उत्साह देखिँंदैछ, त्यसबाट उनलाई पूर्ण विश्वास भएको छ कि यसपालि बंगाल विधानसभामा “खेला होबे”। यस अवधि आसनसोल साउथ ब्लक टाउन तृणमूल कंग्रेसका ब्लक प्रेसिडेन्ट पूर्णेन्दु चौधरी, उत्पल सेन, पार्षद अशोक रूद्र, पार्षद गुरमित सिंह शाहिद सहित सयकड़ौंको संख्यामा तृणमूल कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा