
कोलकाता, 06 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार एक्स (पूर्वमा ट्विटर) को माध्यमबाट सुप्रसिद्ध अभिनेत्री महानायिका सुचित्रा सेनको जयन्तीको अवसरमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखिन्, यो उनको सौभाग्य रह्यो कि उनलाई सुचित्रा सेनको जीवनको अन्तिम चरणमा उनको स्नेह, ममता अनि प्रेम प्राप्त गर्ने अवसर प्राप्त भयो। उनले उल्लेख गरिन्, सूचित्रा सेन पूर्ण रूपले सार्वजनिक जीवनदेखि टाड़िएको बेला उनले मुख्यमन्त्रीलाई मात्र प्रतिदिन आफ्नो रोगशैया निकट बस्ने अनुमति दिएकी थिइन् अनि स्नेहले परिवारको सदस्य बनाएकी थिइन्।
ममता ब्यानर्जीले भनिन्, यो अनुभव उनका जीवनका सबैभन्दा ठूलो उपलब्धिहरूमध्ये एक हो र यो स्मृति उनको हृदयमा सदैव अमेट रहनेछ। अन्तमा उनले फेरि एकपटक महानायिका सुचित्रा सेनलाई श्रद्धापूर्वक नमन गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा