एम.जी. रोड मेट्रो स्टेशनमा आत्महत्या गर्ने प्रयासले मेट्रो सेवाहरू बाधित
एम.जी. रोड मेट्रो स्टेशनमा आत्महत्या गर्ने प्रयासले मेट्रो सेवाहरू बाधित


कोलकाता, 06 अप्रेल (हि.स.)। कोलकाता मेट्रोको ब्लू लाइन (उत्तर-दक्षिण कोरिडोर)-मा अवस्थित एम.जी. रोड मेट्रो स्टेशनमा सोमवार बिहान लगभग 11:35 बजे एकजना व्यक्तिद्वारा आत्महत्या गर्ने प्रयास गरिएको कारणले मेट्रो सेवाहरू केही समयसम्म प्रभावित भयो।

घटनापछि मेट्रो प्राधिकरणले सुरक्षा कारणहरूले आंशिक (ट्रंकेटेड) सेवा संचालन गऱ्यो जसावधि मैदानदेखि शहीद खुदीराम र दमदमदेखि दक्षिणेश्वरबीच मेट्रो संचालन गरियो।

घटनास्थलमा तुरून्तै रेस्क्यू अपरेशन संचालन गरी स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरियो। पछि अपरान्ह 12:05 बजेदेखि ब्लू लाइनको सम्पूर्ण रूटमा मेट्रो सेवाहरूलाई सामान्य रूपमा बहाल गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande