उत्तर पूर्व क्रिकेट विकास परिषद अण्डर-23 महिला अन्तर राज्य प्रतियोगिता 2026 शुरू
उत्तर पूर्व क्रिकेट विकास परिषद अण्डर-23 महिला अन्तर राज्य प्रतियोगिता 2026 शुरू


पाकिम, 06 अप्रेल (हि.स.)। सिक्किम क्रिकेट ग्राउण्ड, रम्फूमा सोमवारदेखि उत्तर पूर्व क्रिकेट विकास परिषद अण्डर-23 महिला अन्तर राज्य प्रतियोगिता 2026 शुरू भएको छ। यस प्रतियोगिताको आयोजना सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) ले उत्तर पूर्व क्रिकेट विकास परिषदको तत्वावधानमा गरिरहेको छ। प्रतियोगितामा सिक्किम लगायत अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम र नागाल्याण्डले भाग लिइरहेका छन्।

प्रतियोगिताको उद्घाटन समारोहमा आज सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जी भोटिया मुख्य अतिथि थिए। यसैगरी, एसबीएसका एमडी फुर्बा वाङ्गदी भोटिया, एसआईसीए अध्यक्ष टिका सुब्बा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

आज पहिलो दिन दुई खेलहरू भए। पहिलो खेल मणिपुर र मिजोरमबीच भयो, जसमा मिजोरमले प्रतिद्वन्दी दललाई पराजित गऱ्यो। मणिपुरले 20 ओभरमा 7 विकेट गुमाएर 70 रन बनायो। मिजोरमले 19.2 ओभेरमा लक्ष्य प्राप्त गर्दै मणिपुरलाई पराजित गऱ्यो। विजेता दलकी खेलाडी ह्माङ्गाइसाङ्गी सिह्लोलाई प्लेयर अफ् द म्याच चयन गरियो, जसले 28 रन बनाइन्।

यसरी नै, दोस्रो खेल सिक्किम र मेघालयबीच खेलियो, जसमा सिक्किमले प्रतिद्वन्दी दललाई 67 रनले पराजित गऱ्यो। सिक्किमले 20 ओभरमा 151 रनको ठूलो लक्ष्य प्रतिद्वन्द्वी समक्ष पेश गरेको थियो भने मेघालयलाई केवल 84 रनमा सीमित गरे। खेलाडी नन्दिका कुमारीलाई प्लेयर अफ् द म्याच चयनित गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande